00:00:00
शिक्षा

लिटिल प्याराडाइजको शैक्षिक अन्तरक्रिया कार्यक्रम

अभिभावकसँग शैक्षिक सुझाव आदानप्रदान
सोमबार मङ्सिर २४, २०८१/ Monday 12-09-24

प्रकाश पाण्डे । मंसीर २४ गते । लिटिल प्याराडाइज इंग्लिश मिडियम स्कूल तिलोत्तमा ७ भलवारीले सोमबार शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले तिलोत्तमाको मध्य भागमा अवस्थित विद्यालयले छोटो समय मै यसक्षेत्रका अभिभावक तथा विद्यार्थीहरुको मन जित्ने गरि ब्यवहारिक तथा सेवामुलक ढंगले शिक्षा प्रदान गरिरहेको प्रति खुसी ब्यक्त गरेका छन ।

कतिपय विद्यालयहरु ब्यवसायिकताको नाममा ब्यापारी बनिरहेको भन्दै अभिभावकहरुले लिटिल प्याराडाइजले भने अतिरिक्त क्रियाकलापसँगै विद्यालयले शिक्षामा संस्कार तथा प्रविधि जोडने प्रयास गर्नु आफैमा सह्रानिय रहेको बताएका छन । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवँ तिलोत्तमा नगरकार्यपालिका सदस्य सुरेन्द्र श्रीले विद्यालयको प्रगति बास्तवमै लोभ लाग्दो र आफैमा उदाहरणिय रहेको बताउनुभयो ।

आफु पनि लिटिल प्याराडाइज कै अभिभावक रहेको भन्दै श्रीले विद्यार्थीहरुको रुचि, चाहना र ईच्छालाई आत्मसात गर्दै पठन पाठन गराउनु खुसीको कुरा भएको बताउनुभयो । साथै वहाँले अभिभावकबाट आएका गुनासा तथा सुझावहरुलाई विद्यालयले अम्तको रुपमा ग्रहण गरि अघि बढे विद्यालयको थप उन्नति र प्रगति हने पनि बताउनुभयो । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष जितेन्द्र बौडेलले बालबालिकाहरु काँचो माटो जस्तै भएकाले उनीहरुलाई सही र समयसापेक्ष शिक्षा प्रदान गर्न गराउन शिक्षक, अभिभावक तथा विद्यालय परिवारले सधै पुलको काम गरिरहेको बताउनुभयो ।

यसैगरि अभिभावकहरुको जिज्ञासा मेटाउदै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले बालबालिकाहरुको अनौपचारिक शिक्षा प्राप्त गर्ने पहिलो विद्यालय भनेको विद्यार्थीको आफनै घर भएको भन्दै अभिभावकलाई पहिलो शिक्षकको संज्ञा दिनुभयो । प्राचार्य ज्ञवालीले सामाजिक तार्किक क्षमतामा ह्रास आइरहेको बर्तमान सन्दर्भमा विद्यार्थीहरुमा राम्रा बानीको विकाश गर्दै असल अभ्यास सहितको शिक्षण सिकाई गर्न विद्यालय परिवार कटिबद्ध रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

साथै वहाँले यो बर्षबाट विद्याललयले संगीत कक्षा शुरु गरेको बताउदै विद्यालयमा खेलकुदका लागी छुट्टै शिक्षकको बयवस्था गरेको समेत जानकारी दिनुभयो । ज्ञवालीले शिक्षामा सँस्कार र प्रविधि जोडने विद्यालयको प्रयास रहेको पनि बताउनुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष सिता पुनको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यालयका सहायक प्राचार्य मोहन थारु, विद्यालयका सिनियर शैक्षिक संयोजक रामचन्द्र तिवारी, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन शैक्षिक संयोजक संझना खरेलले गर्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया