नोबल इन्भाएरोमेन्ट एकेडेमीको सप्ताहब्यापी खेलकुद प्रतियोगिता सम्पन्न
तिलोत्तमा । मँसीर २३ गते । नोबल इन्भाएरोमेन्ट एकेडेमी तिलोत्तमा १५ कोटीहवाद्धारा आयोजित सप्ताहब्यापी खेलकुद प्रतियोगिता आइतबार सम्पन्न भएको छ । खेल सप्ताहको अन्तिम दिन आइतबार तिलोत्तमा १४ सुपौलीस्थित समपुर्ण क्लवको खेल मैदानमा छात्रछात्रा तर्फका ३ हजार मिटर दौड, १५ सय मीटर, ८०० मीटर, ४०० मीटर तथा २०० र १०० मीटर दौडका अन्तिम तथा फाइनल प्रतिस्प्रर्धाहरु सम्पन्न गरिएको खेल संयोजक तथा संयोजक अरुण कुमार चौधरीले जानकारी दिनुभयो ।
यसैगरि आइतबार नै कक्षा १, २ र ३ का छात्रछात्रा बीच ५० तथा १०० मीटर दौडका फाइनल स्पर्धा सम्पन्न भए भने हाउसवाइज रुपमा ज्याभलिन थ्रो का विभिन्न इभेन्टमा फाइनल खेल सम्पन्न गरिएको शिक्षिका अमृता न्यौपानेले जानकारी दिनुभयो । यसैगरि छात्रछात्रा दुवैका लागी हाउसवाइज रिले तर्फका १६०० मीटर तथा ४०० मीटरका प्रतिस्प्रर्धा सम्पन्न गरिएको शिक्षिका न्यौपानले बताउनुभयो ।
लगत्तै विद्यालयका प्रवन्ध निर्देशक सुन्दर गुरुगंको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा एकल, समुहगत तथा विधागत रुपमा विजयी भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिका खेलकुद विकाश समिति संयोजक लोक पुनले पुरस्कारस्वरुप शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा विद्यालयका प्राचार्य खिनु गुरुगं, खेलकुद प्रशिक्षक रोबिन मेस्सी, शिक्षक, अभिभावक तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । शिक्षिका बिन्नी दर्लामीले समापन कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया