00:00:00
शिक्षा

रुपन्देहीका निजि विद्यालयका शिक्षकहरुलाई १ दिने तालिम 

सामाजिक शिक्षा तालिममा जिल्लाका ७१ शिक्षक सहभागी
शनिबार मङ्सिर २२, २०८१/ Saturday 12-07-24

प्रकाश पाण्डे  । मँसीर २२ गते । रुपन्देहीका निजि विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुलाई १ दिने तालिमको आयोजना गरिएको छ । तिलोत्तमा वडा न ९ मा अवस्थित होटल मदानीमा प्याब्सन रुपन्देहीको आयोजना तथा प्याब्सन तिलोत्तमाको ब्यवस्थापनमा सामाजिक शिक्षा विषयको तालिम आयोजना गरिएको हो । सामाजिक शिक्षा अध्यापन गराउदै आएका रुपन्देहीका निजि विद्यालयका शिक्षकहरुको गुणस्तर वृद्धि गरि विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप सुधार गर्ने उद्धेश्य सहित आयोजित तालिममा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकाश निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालले शिक्षकहरुले आफुले सिकेका महत्वपुर्ण सिकाईलाई सही ढंगबाट बिद्यार्थीहरु माझ प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

वहाँले ज्ञान लिने र दिने कार्य सही ढंगबाट गर्न सके विद्यार्थीहरुको गुणस्तरबृद्धि हुने पनि बताउनुभयो । प्याब्सन तिलोत्तमाका निर्वतमान अध्यक्ष केएन सागर ज्ञवालीको अध्यक्षतामा आयोजित तालिममा विशिष्ट अतिथि प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, सचिव दीपक खनाल, तिलोत्तमा अध्यक्ष दीपक गौतम, स्टेशनरी ब्यवसायी संघका निर्वतमान केन्द्रिय सदस्य गणपति पाण्डे, प्रशिक्षकद्धय नारायण खतिवडा तथा नारायण प्रसाद नेपाल लगायतको उपस्थिति रहेको थियो । प्याब्सन तिलोत्तमाका कोषाध्यक्ष गोपाल गौतमको सन्चालन रहेको तालिममा निजि तथा आवसिय विद्यालय अर्गनाइजेशन प्याब्सन रुपन्देहीमा आबद्ध विभिन्न विद्यालयका ७१ जना  शिक्षकहरुको सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया