तिलोत्तमा ७ भलवारीमा निःशुल्क पाठेघर क्यान्सरको परिक्षण
शिविरमा १०९ जना महिलाहरुको चेकजाँच
तिलोत्तमा । कार्तिक २४ गते । रुपन्देहीको तिलोत्तमा ७ भलवारीस्थित दल्कामा आयोजना गरिएको पाठेघरको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा १०९ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । रुपन्देही विद्युतिय व्यवसायी संघको आयोजना तथा क्रिमसन अस्पताल मणिग्रामको प्राविधिक सहयोगमा संघको सचिवालयमा १ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
विशेषगरि महिलाहरुमा देखापर्ने पाठेघरमा हुने क्यान्सर रोगको पहिचान, उपचार र रोकथाम गरि जनचेतना बढाउने उद्देश्यले शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक भीमलाल अधिकारीले जानकारी दिनुभयो । शिविरमा आएका कतिपय महिला दिदी बहिनीहरुमा पाठेघरको समस्या देखिएको भन्दै समय समयमा पाठेघरको चेकजाँच गराई ढुक्क हुन क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा रुक्साना खातुनले आग्रह गर्नुभयो ।
डा खातुनले सके बर्षमा १ पटक नत्र २ बर्षमा कम्तिमा १ पटक भए पनि चेकजाँच गरे पाठेघर सम्बन्धि समस्याबाट मुक्ति पाइने बताउनुभयो । शिविरमा क्रिमसन अस्पतालबाट आएका चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको टोलीले महिलाहरुलाई विभिन्न खाले स्वास्थ्य परामर्श दिनुका साथै सहभागिहरुलाई स्वस्थ्य जीवनयापन गर्न आवश्यक पर्ने विभिन्न विषयमा जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया