00:00:00
स्थानिय

लुम्विनी प्रदेश सरकार १६८ खानेपानी आयोजना सम्पन्न गर्ने योजनामा

शनिबार भदौ २९, २०८१/ Saturday 09-14-24

बिन्दु भट्टराई । तिलोत्तमा २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनस्वास्थ्यमा सुधार ल्याउनका लागि सरकारले योजना निर्माण गरेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न कपिलवस्तुमा प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको जानकारी दिनुभयो ।  रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइसंस्थाको रजत जयन्ती कार्यक्रममा उहाँले ‘एक घर–एक धारा’को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका चालू बर्षमा १६८ खानेपानी आयोजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने वताउनुभयो । 

योजनाबद्द विकास प्रदेश सरकारको पहिलो आधार भएको बताउदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेकोमा मुख्यमन्त्री आचार्यको जोड रहेको छ । मुख्यमन्त्री आचार्यले रजत स्मारक, नव निर्मित कार्यालय भवनको उद्घाटन र रजत स्मारिकाको विमोचन समेत गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै नागरिकलाई उच्चस्तरीय र गुणस्तरीय खानेपानी पु¥याउने लक्ष्य सरकारले पूरा गर्नेगरि अगाडि वढिरहेको बताउनुभयो । उहाँले हाल देशको कुल जनसंख्याको २५.८प्रतिषत मात्र स्वच्छ खानेपानीको पहुंच रहेको र अवको २०,२५ वर्षमा यसलाई बढाएर ९५ प्रतिशत उपभोक्ता पिउने पानीको पहुंचमा पुर्याउने सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो । 

त्यस्तै संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै शंकरनगर खानेपानी संस्था नेपाल भरीकै उत्कृष्ट संस्थाको रुपमा रहेको उल्लेख गर्नुभयो । उहांले नेपाल सरकारबाट गुणस्तरीय पानी वितरण गर्ने संस्थाको रुपमा प्रमाणपत्र समेत प्राप्त गरेको बताउनुभयो । अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा नीति नियमहरु बनाउने, भौतिक संरचना निर्माण गर्ने लगायतका कामहरु सम्पन्न गरेको उल्लेख गर्दैे कुलो, कुवा, इनार र खोलाको पानी खानुपर्ने अवस्था अन्त्य गरेर नागरिकहरुलाइ गुणस्तरीय खानेपानी पु¥याउन सफल भएको बताउनुभयो । 
।  
प्रदेश सभा सदस्य भगवती अधिकारीले नागरिहरुलाइ सहज रुपमा गुणस्तरीय पानी पु¥याउने संकल्प प्रदेश सरकारले पूरा गर्नुपर्ने धारणा राख्नुभएको छ ।  कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड,प्रज्वल बोहोरा, निबर्तमान अध्यक्ष हरि तिवारि,संस्थाका सचिव कमला ज्ञवाली लगायतले सम्बोधन गर्नुभएको थियो ।  
विभिन्न विधाबाट संस्थालाई योगदान दिएका व्यक्तिहरुलाई सम्मान साथै बिचबिचमा नृत्यकला संगै प्रकृति बस्यालले स्वागत गित प्रस्तुत गर्नुभएको थियो । संस्थाले रजत महोत्सवको अवसरमा कार्यालय अगाडी पार्क र रजत स्तम्भ निर्माण गरेको बताउँदै उहाँले पार्कमा खानेपानीको ट्यांकीको नमूना, वाटर माउन्टेन निर्माण गरिएको तथा ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको वृत्तचित्र पनि पार्कमा राखिएको यसअघि पत्रकार सम्मेलन मार्फत अध्यक्ष भण्डारीले बताउनुभएको थियो । 
 

तपाईको प्रतिक्रिया