समाधिष्ट स्थलको ब्यवस्थापनका लागि नगरपालिकालाई तिलोत्तमा खृष्टियन समाजको आग्रह
तिलोत्तमा,२२ भदौ । बिन्दु भट्टराई
समाधिष्ट स्थलको ब्यवस्थापनका लागि तिलोत्तमा खृष्टियन समाजले नगरपालिकालाई आग्रह गरेको छ । तिलोत्तमा खृष्टियन समाजको ७ औँ बार्षिक तथा साधारण सभामा समाजले मरेको चिहान ब्यवस्थापनमा नगरपालिकाले ध्यान नदिए धेरै समस्या निम्तिनेमा जोड दिएको हो । तिलोत्तमा खृष्टियन समाजको आयोजनामा शनिबार भलवारीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले खृस्टियनहरुले नेपालमा विभिन्न अस्पतालहरु संचालन गरेको उल्लेख गर्दै नेपालको गरिबी निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको दावी गर्नुभएको छ प्रमुख खाँडले खृश्टियनहरुले आगामी दिनमा सहकारी दर्ता गरेर आर्थिक लाभ लिनुपर्नेमा समेत जोड दिनुभयो ।
त्यस्तै नेपाल इसाई संघका केन्दृय सदस्य तथा भरतपुर महानगरपालिकाका पुर्व उपमेयर पार्वती शाहले कृष्टियनहरुलाई एक बनाउनका लागि आफुले विभिन्न अभियानहरु संचालन गरेको बताउनुभएको छ, । उहाँले यो समाजका सुखदुखमा सधै साथमा रहने समेत प्रतिवद्धता जनाउनुभयो ।
तिलोत्तमा कृष्टियन समाजका अध्यक्ष राजकुमार थापाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मंडलिहरुबिच भाईचारा बढाउने उद्देश्यले कार्यक्रमको स्थापना गरिएको बताउनुभयो । अध्यक्ष थापाले आयमुलक,रोजगारमुलक कार्यक्रमहरु गर्दै आएकोमा स्वास्थ्य शिक्षामा थप कार्यक्रम गर्दै जाने योजना रहेको समेत बताउनुभयो ।
तिलोत्तमा १४ का वडा अध्यक्ष आस्विन पौडेलले धर्म र संस्कृतीको जगेर्ना गर्न एक अर्काको धर्मलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । बुटवलका डा। बिजय गौतम , सल्लाहकार घनसिंघ पुन ,सुरज थापा, समाजका सचिव प्रेम क्षेत्री, समाजका उपाध्यक्ष हर्क गुरुङ लगायतले इसाई धर्मावलम्बीका जल्दाबल्दा समस्या समाधान गर्नतर्फ लाग्न नगरपालिकालाई ध्यानाकर्षण गर्नुभएको छ । कार्यक्रममा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
तपाईको प्रतिक्रिया