00:00:00
स्थानिय

संस्कार —संस्कृति विना सभ्य समाजको परिकल्पना ब्यर्थ

मंगलबार भदौ ११, २०८१/ Tuesday 08-27-24

तिलोत्तमा,११ भदौ । 
बिन्दु भट्टराई
तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले  चाडपर्व र संस्कृतिको जगेर्नामा एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । कृष्ण जन्माष्टमीको अवसरमा  तिलोत्तमा ९ ज्ञानोदय टोलविकास संस्थाले आयोजना गरेको भजनकृतन  प्रतियोगितामा उपप्रमुख चौधरीले  आफ्नो संस्कार,संस्कृति प्रती जिम्मेवार बन्न सकिएन भने भोलिको सभ्य सामाजको कल्पना ब्यर्थ हुने बताउनुभएको हो । 
तिलोत्तमा ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेले कार्यक्रमले वडामा रहेका आमा समुहहरुविच परिचित गराउंदै एकताको भावना कायम राख्न सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नुभयो । उहांले ज्ञानोदय उत्कृष्ट टोलको रूपमा अगाडि बढेको भन्दै थप रचनात्मक बन्न शुभकामना समेत दिनुभएको छ  । 
त्यस्तै तिलोत्तमा नगरपालिकाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले रितिरिवाजलाई निरन्तरता दिदै सृजनशिल काममा लागेको भन्दै ज्ञानोदय टोलविकास संस्थाको प्रशंसा गर्नुभयो । 
प्रतियोगितामा ज्ञानोदय टोलबिकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेले मौलिक संस्कार र संस्कृतिको जगेर्नाको अभ्यास अब टोल विकास संस्था र आमा समुहबाटै सम्भव भएको उल्लेख गर्नुभयो । यसै कारणले पनि संस्थाले भजन कृतन आयोजना गरेको अध्यक्ष न्यौपानेको भनाई छ । 
वडा सदस्य कमल रेग्मीले टोलविकास संस्था सकृय भए तल्लो तहसम्मै विकास हुने बताउनुभयो । उहांले हरेक पटक यो टोलबिकासले नबिनतम काम गरेको भन्दै यसको मुलयांकन नगरपालिकाले गरेर राम्रो काम गर्नेलाई प्रोत्साहन दिनपर्ने सुझाव दिनुभयो । 
वडानम्बर ९ का आमा समूहहरूको सहभागिता रहेको  प्रतियोगितामा श्रीजनशिल आमा समुह शंकरपुर प्रथम ,चेतनशिल आमासमुह द्धितीय, बिश्व शान्ती आमा समूह र नमुना आमा समूह तृतिय भएका छ्न् । उनिहरुलाई  नगदसहित प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको छ  । प्रतियोगितामा गितकार तेजप्रसाद पाण्डे,राष्ट्रिय हांस्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा र शिक्षक कल्पना कुवंरले निर्णायको भुमिका निर्वाह गर्नुभएको थियो । टोलविकास संस्थाका सह सचिव लक्ष्मी प्रसाद भुर्तेलले संचालन गर्नुभएको कार्यक्रममा बाल संजाल समुहले भजन संगै बाध्य्बाधन कला प्रस्तुत गरेको थियो । 
 

तपाईको प्रतिक्रिया