तिलोत्तमा,७ भाद्र ।
बिन्दु भट्टराई
नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले समाजलार्ई जागरुक वनाउने र संगठन विस्तार गर्ने काममा महिलाहरुको भूमिका महत्व रहेको बताउनुभएको छ । महिलाहरुको हक अधिकारलाई सुरक्षित गर्न र राज्य संचालनमा भुमिका निर्वाह गर्न गरिएको आन्दोलनले केही सार्थकता पाएको बताउनुभएको हो ।
अखिल नेपाल महिला संघ तिलोत्तमा नगर कमिटीले शङ्करनगर वन विहार आयोजना गरेको कार्यक्रममा लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका गिरीले तिजमा गाइने गीत सङ्गीतले समाजका यथार्थ घटनालाई छुन सक्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले महिलालाई दमन गर्ने र अधिकारबाट वञ्चित गर्ने प्रवत्तिको अन्तगर्नुपर्ने खांचो समेत औँल्याउनुभयो ।
अनेमसंघ तिलोत्तमा नगर कमिटीका अध्यक्ष कमला ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गोमा आचार्यले महिला विरुद्धका विभेदकारी व्यवस्थालाई परास्त गर्दै समान सहभागिताको हैसियतमा आइपुग्नु महिला आन्दोलनकोे सफलता भएको बताउनुभयो ।
अनेमसङ्घ केन्द्रीय सदस्य ज्ञानु केसीले महिला सशक्तिकरणका कुरा गीत सङ्गीतमार्फत व्यक्त गर्दै अगाडि बढेको सन्दर्भमा समयसंगै परिस्थिति पनि परिवर्तन भएको भन्दै अब महिलाका माग राजनितिक पहुंच,महिला संविधानमा सुनिश्चित गरिएका हक अधिकार कार्यान्वयनतर्फ जानुपर्नेमा जोड दिनुभयो ।
एमाले तिलोत्तमा नगरकमिटीका अध्यक्ष तामनाथ पाण्डेले गरगहनाले ल्याएको विकृति चिर्न महिलाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै, सुन्दरता गहनाले नभएर कामले बढाउने कुरामा महिला स्वयम् लागेको देख्दा खुसी लागेको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरी, अनेमसंघ जिल्ला अध्यक्ष विष्णु केसीलगायत अनेमसंघ तिलोत्तमा नगर कमिटीका ७ सय बढी महिला सहभागी रहेको कार्यक्रममा उपाध्यक्ष सिर्जना लोहनीले स्वागत गर्नुभएको थियो भने सचिव देवी सापकोटाले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया