00:00:00
स्थानिय

गोरुसिंगेमा सामुदायिक वन दिवस सम्पन्न

शनिबार श्रावण २६, २०८१/ Saturday 08-10-24

बाबुराम रायमाझी । साउन २६ गते । समृद्धिका लागि वन भन्ने मूल नाराकासाथ बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता लुम्विनी प्रदेश महासंघको आयोजनामा बुद्धभुमिको गोरुसिंगेमा सामुदायिक वन दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले सामुदायिक वन किन मनाउँदै छौ भन्दै सामुदायिक वन मार्फत बैज्ञानिक समवद्र्धन प्रणालीमा आधारितबाट समूहलाई उधमशाीलता गर्दछ ।जस्को प्रतिफलबाट रोजगारी सिर्जना गर्ने,वन व्यवस्थापन भई उत्पादन भई काठ दाउराको आपूर्ती हुने गर्दछ ।

साथै वन एउटा श्रोत भएको हुदा यसको सही उपयोग र सदुपयोग हुनुपर्ने कुरा वताएका थिए । त्यस्तै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ राष्ट्रिय स्तरका विभिन्न विषयमा पुरस्कृत हुदै आएको कुरा वताएकी थिईन ।

साथै नेपालका सामुदायिक वनमा उत्पादन भएका काठ बिक्री हुन नसकेको अवस्थामा राज्यले बिदेशबाट काठ आयात गर्दछ कस्तो बिडम्बना भन्दै चिन्ता व्यक्त गरेकी थिईन । त्यस्तै कार्यक्रममा समृद्धिका लागि वनका बिज्ञ दामोदर शर्माले वनमा नयाँ ज्ञान शिपलाई जोडेर जानुपर्ने वताएका थिए ।

लुम्बिनी प्रदेश वन अनुसन्धान परिषद केन्द्रका प्रमुख वेद प्रकाश भण्डारीले नेपालमा २२हजार सामुदायिक वन रहेको हुँदा वनका उपभोक्तालाई उनमा भएका शिपलाई परिस्कृत गर्दै उधम शिपमा ध्यान दिदै सहकार्य गरी काम गर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नारायण पौडेल, कमल पराजुली, लुम्विनी प्रदेश बैज्ञानिक वनका सदस्य हेमनाथ पौडेल, कपिलवस्तु जिल्ला अध्यक्ष शेषकान्त वेल्वासे,नवलपरासिका बर्दघाट शुस्ता पुर्वका जिल्ला अध्यक्ष यज्ञ प्रसाद पौडेल,बाँकेका जिल्ला अध्यक्ष कृष्ण के सी लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता लुम्विनी प्रदेश बैज्ञानिक महासंघका अध्यक्ष दिपक कमार थापाले सबै सहभागीलाई धन्यवाद प्रदान गरेका थिए ।कार्यकम सचिव होम बहादुर गुरुड्डको सहजीकरणमा भएको थियो । बुद्धभुमिको गोरुसिंगेमा भएको सामुदायिक वन दिवसमा लुम्विनी प्रदेशका १२ वटै जिल्लाका सामुदायिक वन उपभोक्ताको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया