झरना स्पोर्ट्स क्लव कुञ्जलापुरको अध्यक्षमा धनेन्द्र पौडेल सर्वसम्मत
तिलोत्तमा । साउन २० गते । झरना स्पोर्ट्स क्लब तिलोत्तमा–६ कुञ्जलापुरको ६४ औ साधारण सभा तथा ३१ औ अधिबेशन सम्पन्न भएको छ । कुञ्जलापुरस्थित मगर भवनमा आइतबार सम्पन्न सो साधारण सभा तथा अधिबेशनले धनेन्द्र पौडेलको अध्यक्षतामा १३ सदस्सिय निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा नगेन्द्र थापा, सचिबमा मोहनसिंह राना, सह सचिबमा गोपाल गलामी, कोषाध्यक्षमा निर्मल थापा, सह–कोषाध्यक्षमा किशोर पौडेल (तारानाथ) र सदस्यहरुमा ठाकुर अधिकारी, शुदर्शन गुरुङ, कमल थापा, नन्दलाल चौधरी, ज्ञानबहादुर भण्डारी, सबिता थापा, निता थापा रहनुभएकोे छ ।
क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाको अध्यक्षता तथा संस्थापक अध्यक्ष छत्रदेव दर्लामीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिबेशनले आगामी ३ बर्षे कार्यकालका लागि पौडेललाई अध्यक्ष पदमा चयन गरेको हो । कार्यक्रममा बोल्दै समाजसेवी तथा क्लबका संस्थापक अध्यक्ष छत्र बहादुर दर्लामीले फुटबल मात्र नभई अन्य खेलहरुमा समेत ध्यान पुर्याउन आग्रह गर्दै समाज रुपान्तरणमा झरना स्पोर्ट्स क्लवले उल्लेखनिय कार्य गरेको बताउनुभयो ।
उहाँले आफु झरना स्पोर्ट्स क्लबको हरेक अभियानमा जोडिएको भन्दै क्लवको कार्य प्रशनिय रहेको बताउनुभयो । सो अवसरमा क्लबको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष गङ्गा प्रसाद रानाले युवाहरुको सहभागितामा समाजका हरेक गतिबिधि सम्पन्न गर्न सहयोग गर्ने समाजसेवी, संचार संस्था, पत्रकार एवं जनप्रतिनिधि तथा बिदेशमा रहेर पनि सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
क्लबको आयव्यय प्रस्तुत गर्दै बर्तमान अध्यक्ष तथा क्लबका निवर्तमान कोशाध्यक्ष धनेन्द्र पौडेलले सबैको सहयोगमा क्लबले आर्थिक कोष स्थापना लगायतका महत्वपुर्ण कार्य गर्न सफल भएकोमा सबैलाई धन्यबाद दिनुभयो ।
झरना स्पोर्ट्स क्लबले समाजमा विभिन्न रक्तदान, बिद्यालय सहयोग, स्वास्थ्य सस्थामा सहयोग, वृक्षारोपण, जेष्ठ नागरिक सम्मान, खेलकुद लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ । क्लबको स्वामित्वमा कुञ्जपार्क व्यवथापन र फाउण्टेन पार्कको समेत काम अगाडी बढेको छ ।
तपाईको प्रतिक्रिया