रुपन्देहीको तिलोत्तमा ५ मणिग्रामचोकमा नवनिर्मित प्रतिक्षालयको उद्धघाटन
तिलोत्तमा । साउन १५ गते । रुपन्देहीको तिलोत्तमा ५ मणिग्रामचोकदेखि ५० मिटर पुर्व देवदह मार्गमा नवनिर्मित प्रतिक्षालयको आज एक कार्यक्रमका बीच उद्धघाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले पैदल यात्रु तथा स्थानीय मणिग्रामवासीलाई लक्षित गरि निर्माण सम्पन्न गरिएको प्रतिक्षालय निर्माणको काम वास्तवमै सह्रानिए रहेको भन्दै सहयोगी हात तथा निर्माणमा सहजकर्ताको भुमिका निर्वाह गरेको लुम्विनी टोल विकाश संस्थाको प्रशैशा गरेका थिए ।
भीम आभुषण गृहका सन्चालक विष्णु कालिराज तथा लुम्विनी टोल विकाश संस्थाका सल्लाहकार मिन प्रसाद अधिकारीको संयुक्त करीब ४ लाख लगानीमा निर्माण सम्पन्न भएको प्रतिक्षालयको नगरप्रमुख खाँडले मंगलबार एक कार्यक्रमका बीच उद्धघाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख खाँडले खुल्ला ठाँउको सदुपयोग गर्दै मणिग्राम चोकमा निर्माण गरिएको प्रतिक्षालय आफैमा नमुना र समाजसेवाको ज्वलन्त उदाहरण रहेको बताउनुभयो । नगरप्रमुख खाँडले तिलोत्तमा नगर कै राजधानीका रुपमा विकशीत हुदै गएको मणिग्राम क्षेत्रमा यस्ता संरचना निर्माणले सबैमा हौशला थप्ने काम भएको भन्दै प्रशंशा गर्नुभयो ।
उद्धघाटन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा तिलोत्तमा नगरपालिका वडा न ५ का अध्यक्ष रमेश डुम्रेले समाजसेवालाई केन्द्रमा राखि मणिग्राम निवासी २ जना समाजस्ेवीहरु क््रमश विष्णु कालिराज तथा मीन प्रसाद अधिकारीले देखाएको बाटो सबैले अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो । लुम्विनी टोल विकाश संस्थाका अध्यक्ष मोहनसिंह थापाको अध्यक्षता रहेको कार्यक्रममा जनप्रतिनिधीहरु हरि पन्त, डायमण्ड गिरि, वडा न ५ का पुर्व अध्यक्ष चेतनारायण भण्डारी, स्वास्थ्य इन्चार्ज गणेश भण्डारी, प्रभात टोल विकाश संस्थाका अध्यक्ष यज्ञ प्र भटराई, शिवालय टोलविकाश संस्थाका अध्यक्ष केशवराज कोइराला, सरस्वति टोल विकाश संस्थाका सचिव चुरामणी पाण्डेय लगायतको सहभागिता रहेको थियो ।
यसैबीच मंगलबार नै मणिगाम चोक र गिर्वाण माविको सम्मुखमा रहेका नवनिर्मित अत्याधुनिक खानेपानी धाराको समेत नगरप्रमु्ख खाँडले उद्धघाटन गर्नुभएको छ । तिलोत्तमा नगरपालिकाको करीव ३ लाखको लागतमा खानेपानी धारा जडान गरिएको हो । यसैगरि मणिग्रमचोकदेखि दक्षिण आकाशे पुलसम्मको पुर्वी सवलेन क्षेत्रमा मंगलबार नै २३ वटा धुपिका विरुवाहरु रोपिएको छ । समाजसेवी विष्णु कालिराज, मिन प्रसाद अधिकारी तथा लुम्विनी टोल विकाश संस्थाको संयुक्त करीव ८० हजार लागतमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाका उपाध्यक्ष लक्ष्मण बहादुर सुवेदीको स्वागत रहेको कार्यक्रमको सन्चालन सचिव राधा घिमिरेले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया