राष्ट्रिय
त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना
बुधबार श्रावण ९, २०८१/ Wednesday 07-24-24
साउन ९,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । बुधबार बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । जहाजमा आगो लागेको छ ।
नेपाली सेनाले दिएको जानकारीअनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई जीवितै उद्धार गरेर अस्पताल लगिएको छ ।
आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया