वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा शाह अब क्रिमसन अस्पतालमा
तिलोत्तमा । साउन ८ गते । महिलाहरुमा देखिने सबैखाले समस्या समाधानका लागी क्रिमसन अस्पतालमा उच्च प्रविधियुक्त नयाँ चिकित्सकिय सेवाको शुरुवात भएको छ । अस्पतालले महिलाहरुमा देखिने विभिन्न समस्या समाधानका लागी अस्पतालमा दुरबीन लगायतका प्रविधिबाट विना चिरफार उपचार गर्न विशेषज्ञता हासिल गरेका चिकित्सकलाई अस्पतालमा भित्रयाएको हो ।
अस्पतालबाट केही अघि मात्रै नियुक्ति लिएका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा राजिव शाहले महिलाहरुमा हुने सवै किसिमका समस्याको समाधान अब सरल र सहज ढंगबाट गरिने जानकारी दिए । विशेषगरि पाठेघरको अप्रेशन, अण्डाशयको ट्युमर लगायतका विभिन्न समस्याहरुको निदान अब हिस्टेरोस्कोपी अर्थात दुरविन विधिबाटै चेकजाँचगर्न मिल्ने तथा जटिल समस्या देखिए वा तत्कालै अप्रशेन गर्नुपर्ने अवस्था आइहालेको खण्डमा समेत सहज र सरल ढंगले दुरवीन विधिबाट उपचार गर्न सकिने डा शाहको भनाई छ । उनका अनुसार यो उपचार पद्धति यसक्षेत्र मै नयाँ र नोलो हो ।
पछिल्लो समय महिलाहरुमा ठुलो समस्याका रुपमा देखा पर्दै आएको पाठेघरको मुखको क्यान्सरका लागी पाठेघरको मुख सेक्ने तथा लीप प्रविधीको माध्यामबाट अप्रेशन गरिने लगायतका उपचारहरु समेत अब क्रिमसन अस्पताल सहजै गर्न सकिने छ । साथै महिलाहरुमा योनी सुख्खा हुने, उर्जावान नहुने, योनी खुकुलो हुने लगायतका समस्याहरुको पनि अब सजिलै उपचार गर्न सकिनेछ । डा शाहले जी स्पोर्ट, ओ स्पोर्ट, अगमेन्टेशन, भजाइनल टाइटेनिङ, ब्रेष्ट क्यान्सर स्क्रीनिङ अर्थात स्तनमा देखा पर्ने गाँठागुठी तथा गिर्खाहरुको स्क्रीनिङ सेवाहरुका लागी पनि अब अन्यत्र जान नपर्ने बताए ।
गर्भावस्थाका महिला तथा सुत्केरी आमाहरुको चेकजाँच तथा उपचार त हुन्छ नै निसन्तान दम्पतिका लागी समेत अस्पतालको तर्फबाट खुसीको खबर छ, डा शाहले भने, निसन्तान हुने थुप्रै कारण हुन सक्छन, ती समस्याहरुको पहिचान गरि सन्तान प्राप्तिका लागी अपनाइने विभिन्न विधी, पद्धति र उपचारका लागी आफु सक्षम रहेको उनले बताए । अस्पतालमा अब हिस्टेरोस्कोपी तथा ल्याप्रेस्कोपिक विधिबाट पाठेघर तथा अण्डाशयको चेकजाँच, उपचार तथा शल्यक्रिया गरिनु आफैमा ठुलो उपलब्धी भएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जनाए ।
बस्यालले कस्मेटिक गाइनोक्लोजी लगायतका थुप्रै सेवा र सुविधा प्रदान गर्न अस्पताल सक्षम रहेको जनाए । स्मरण रहोस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एसोसिएट प्रोफेसर अर्थात विभागीय प्रमुख भै काम गरेको अनुभव संगालेका डा राजिव शाहले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस तथा काठमाण्डौंस्थित चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान वीर अस्पताल प्रसुति गृह विभागबाट एमडीसम्मको अध्ययन पुरा गरेका छन ।
तपाईको प्रतिक्रिया