00:00:00
स्थानिय

एकतामा परिवर्तन देख्न थाले महिलाहरु

बुधबार श्रावण २, २०८१/ Wednesday 07-17-24

तिलोत्तमा,२ श्रावण । बिन्दु भट्टराई
मंगलबार तिलोत्तमाको नयां मिल चोकमा रातै सारीमा बाक्लो संख्यामा महिला दिदिबहीनीको देखिएको उपश्थितिले तीजको झल्को दिन्थ्यो । नभन्दै केहीबेर तिजका भाकामा छमछमी नाचे पनि तर यस्तो महिलाको बाक्लो समुह नाच्न र गाउनका लागि जम्मा भएको भने थिएन । 

देखिएको भिड तिलोत्तमा ५ मा गठन गरिएको  नव गठित संयुक्त आमा समुहको हो । संयुक्त आमा समुहले श्रावण १ गते बिरुवा रोपेर  कामको सुरुवात गरेको छ । 
एकतामा परिवर्तन पाउन थालेका छन् आजभोली महिलाहरु ...र संगठनमा धाउन थालेका छन् । एउटा उदाहरण यो कार्यक्रमलाई पनि मान्न सकिन्छ । महिला संगठनलाई बलियो बनाएर वडाको भौतिक वा मानवीय विकासमा  टेवा पुर्याउने उद्देश्यले संयुक्त आमा समुह गठन गरिएको  समुहका अध्यक्ष कल्पना कुवंरले बताउनुहुन्छ । विरुवा रोपणको सुरुवातसंगै समाजमा लुकेका तर समस्या निम्त्याएका साना साना कामद्वारा यो समूह अगाडि बढ्ने योजना रहेको अध्यक्ष कल्पनाले सुनाउनुभयो ।

तिलोत्तमामा फुलका बिरुवा लगाउनुपर्छ भन्ने आम मानिसमा चेतना जागेको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांड बताउनुहुन्छ । खांडले आगामी दिनमा आमा समुहले फलफुलका बिरुवा रोपेर आम नागरिकले खान पाउने गरि अगाडि बढ्न सुझाव दिनुहुन्छ । उहांले यसको संरक्षणमा आमा समुहसंगै आम नगरबासीलाई आग्रह गर्नुभयो । 
त्यस्तै तिलोत्तमा नगरपालिकालाई अग्रणी नगरपालिका बनाउन आमा समुहले खेलेको भुमिकाको  प्रशंसा गर्नहुन्छ वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रे । संयुक्त आमा समुहमा तिलोत्तमा ५ का २३ वटा आमा समूह आवद्ध छ्न् ।
 

तपाईको प्रतिक्रिया