अन्तराष्ट्रिय
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लाग्यो
आइतबार असार ३१, २०८१/ Sunday 07-14-24
असार ३०, एजेन्सी
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लागेको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प गोली लागि घाइते हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गोली लागेपछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए । गोली चल्दा र्यालीमा सहभागी एक जनाको मृत्यु भएको छ । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कुनै पनि हिंसात्मक घटनालाई ठाउँ नदिइने बताउनुभएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया