00:00:00
स्थानिय

रजतबर्षको अवसरमा फर्निचर उद्योग संघ रुपन्देहीद्धारा वृक्षरोपणसंगै पुर्व अध्यक्षहरुलाई सम्मान

बिहीबार असार २८, २०८१/ Thursday 07-11-24

तिलोत्तमा २७ असार ।
बिन्दु भट्टराई 
फर्निचर उद्योग संघ रुपन्देहीले रजतजयन्तीका अवसरमा वृक्षरोपण गरेको छ । आफ्नो २५ आंै स्थापना दिवसमा संघले बिहीबार बुटवलको हिलपार्क क्षेत्रमा २५ वटा टिकका विरुवा रोपेको हो । संघका संस्थापक अध्यक्ष टम्मरबहादुर पुनले वृक्षरोपण गरि कार्यक्रमको शुभारम्भ गरिएको कार्यक्रममा हिलपार्क परिषद्का महासचिव टंकप्रसाद पराजुलीले स्वदेशमा उत्पादन हुने काठको विषयमा भएका नीति नियम संसोधन नगरेसम्म काठ उद्योगीहरु फस्टाउन नसक्ने बताउनुभयो । पराजुलीले स्वदेशमा उत्पादित रुखलार्ई संरक्षरण तथा  संवद्र्धन गर्ने तर आम्दानीको स्रोत वनाउनमा सरकार चुकेको उल्लेख गर्दै राज्यले उत्पादन हुने काठलाई हात्तिको देखाउने दाँत बनाएको आरोप लगाउनुभयो । 

फर्निचर उद्योग संघ रुपन्देहीका अध्यक्ष तेजप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पराजुलीले ,नीति निर्माणमा कमजोरी ,फितलो कार्यान्यन पक्ष,विभिन्न बेथितिका कारण फर्निचर उद्योगहरु समस्यामा परेको बताउनुभयो । उहांले रजत जयन्ती आफ्नो कार्यकालभित्र परेकोप्रति खुसि ब्यक्त गर्र्दै रचनात्मक कार्यक्रममा सहभागि सवैलाई धन्यवाद दिनुभयो । 

वृक्षरोपण पुर्व  बोल्दै निबर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य सावित्रा टण्डनले काठसम्वन्धि बनेका नीति काठ उद्योगीको हितमा नभएको जिकिर गर्नुभयो । 

कार्यक्रममा संघका पुर्व अध्यक्ष विष्णुप्रसाद पाण्डेले हरेक स्थापना दिवसमा वृक्षरोपण कार्यक्रम गर्र्दै आएको र यो पटक पनि त्यसकार्यलाई निरन्तरता दिएको भन्दै विरुवा रोपेर स्थापना दिवस मनाईरहंदा उमेर पुगेपछि सहजै काठ उद्योगीहरुले काठको उपयोग गर्न पाईने नीति बन्नुपर्ने दोहोर्याउनुभयो ।  

फर्निचर तथा फर्निसिङ महासंघका केन्द्रिय सचिव अशोक कुवंर,संघका, वृक्षरोपण संयोजक तथा संघका उपाध्यक्ष नेत्र रुचाल , संस्थाका महासचिव खिमबहादुर खड्का लगायतले देशभरका काठ उद्योगीहरु एक भएर यो क्षेत्रमा देखिएका वेथिति हटाउन राज्यलाई दबाब दिनुपर्नेमा जोड दिनुभएको थियो । उक्त कार्यक्रममा पुर्व अध्यक्ष नरेश कुमार श्रेष्ठ,सल्लाहकार वोनिन पिया,वरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्ले,सचिव लिलबहादुर कार्कि लगायतको उपश्थिति रहेको थियो । साथै संघले रजत जयन्तीकै अवसरमा पुर्व अध्यक्षहरुलाई सम्मान समेत गरेको छ ।   
 

तपाईको प्रतिक्रिया