00:00:00
खेलकुद

बुधबार हुने भनिएको आईसीसी टी २० विश्वकप अन्तर्गतको नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द

बुधबार जेठ ३०, २०८१/ Wednesday 06-12-24

काठमाण्डौ । 
बुधबार हुने भनिएको आईसीसी टी २० विश्वकप अन्तर्गतको नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ ।मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । योसँगै दुबै टोलीले १(१ अंक बाँडेका छन् ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले बुधबार खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १(१ अंक बाँडेका हुन् । 

जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्य २१ खेलको नतिजा आएको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।
 

तपाईको प्रतिक्रिया