00:00:00
खेलकुद

तिलोत्तमा ५ मा जारी १ महिने क्रिकेट प्रशिक्षण सम्पन्न

बिहीबार जेठ २४, २०८१/ Thursday 06-06-24

तिलोत्तमा । जेठ २४ गते । रुपन्देहीको तिलोत्तमा वार्ड नं ५ को आर्थिक सहयोगमा वैशाख २२ गतेबाट तिलोत्तमा क्रिकेट एकेडमीमा संचालित १ महिने क्रिकेट प्रशिक्षण प्रवर्द्धन कार्यक्रम आज समापन भएको छ । तिलोत्तमा नगर खेल समितिका संयोजक तथा रुपन्देही फुटवल संघका अध्यक्ष लोक पुनको प्रमुख आथित्य रहेको समापन कार्यक्रममा तिनपा ५ का वडा अध्यक्ष रमेश डुम्रे सभापतित्व रहेको थियो ।

राष्ट्रीय खेलाडी कृष्ण कार्की, प्रतीक भट्टराई, एनसीएसएस केन्द्रीय सदस्य तारा पाठक, वडा सदस्य हरी पन्थ लगायत विभिन्न टोलका अध्यक्ष समेतको सअभागिता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लोक पुनले यसक्षेत्रको क्रिकेट विकासमा आफूले सक्दो पहल र सहयोग गर्न तयार भएको बताउनुभएको थियो । क्रिकेटले नेपाललाई विश्वसामु चिनाएको र निकै सम्भावना बोकेको खेल भएकाले पनि आफुलाई क्रिकेट मन पर्ने वहाँले बताउनुभयो ।

सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष रमेश डुम्रेले आगामी दिनमा पनि वडाबाट यसखाले कार्यक्रमका लागी निरन्तर सहयोग रहने बताउनुभयो । २ जना किशोरी सहित १८ जना किशोर समेत गरी कुल २० जनाले निरन्तर ३० सम्म तालिम लिएको प्रशिक्षण तथा अभ्यासको संयोजन  तिलोत्तमा क्रिकेट एकेडेमी नेपाल प्रालीले गरेको थियो ।

प्रशिक्षक कृष्ण कार्की र कृष्ण भुसालको नेतृत्वमा प्रशिक्षण लिएका २० जना मध्ये २ जना किशोरीलाई १ वर्षसम्म निशुल्क प्रशिक्षण गराउने तथा बाँकी १८ जना किशोरलाई अबका दिनमा क्रिकेट सिक्न रहर भए भर्ना तथा मासिक शुल्कमा विशेष छुट समेत दिने घोषणा गरिएको एकेडेमीका संचालक कृष्ण भुसालले जानकारी दिए । समापन कार्यक्रमको सन्चालन वडा सचिव हरी खतिवडाले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया