तिलोत्तमाले निर्माण गरेको आईटी पार्कको आज उद्धघाटन हुदै
टि२० विश्वकपका खेलहरुको प्रत्यक्ष प्रसारण गरिने
प्रकाश पाण्डे । जेठ २२ गते । तिलोत्तमा नगरपालिकाले निर्माण गरेको आईटी पार्कको आज उद्धघाटन हुदैछ । उद्धघाटन कार्यक्रम साँझ ५ बजेपछि एमाले उपाध्यक्ष विष्णुृ पौडेलले गर्ने कार्यक्रम तय भएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिए । उनले तिलोत्तमा सुचना तथा राष्ट्रिय उद्यान नामाकरण गरिएको आईटी पार्कको उद्धघाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, उपप्रमुख जागेश्वर देवी चौधरी, नगर कार्यपालिका सदस्यहरु, १७ वटै वडाका जनप्रतिनिधिहरु, कर्मचारी लगायत आम तिलोत्तमावासी कार्यक्रममा सरिक हुने जानकारी दिए ।
मंगलबार बिहान रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भमा कुराकानी गर्दै अर्यालले शिक्षा तथा खेलकुदको विकाश, साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्बर्दन साथै सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्धेश्य सहित निर्माण गरिएको आइटी पार्कमा तिलोत्तमाका प्रमुख पर्यटकिय स्थलहरुलाई भित्तेआर्ट मार्फत पेन्ट गरिएको छ भने नगरका सुचना तथा समाचार प्रसारण गर्ने गरि डिजिटल बोर्ड, आर्कषक राष्ट्रिय झण्डा, हरियाली बनाउने दुबे घाँस सहितको चौर लगायतका संरचना निर्माण गरिएको छ ।
साथै आईटी पार्कमा रहेको डिजिटल बोर्ड मार्फत आज नेपाल र नेदरल्याण्ड्स बीच हुने खेलको प्रत्यक्ष प्रसारण समेत गरिने अर्यालले जनाए । उनले नेपालले खेल्ने सम्पुर्ण खेलको प्रत्यक्ष प्रसारण सो डिजिटल बोर्ड मार्फत गरिने जानकारी दिए । ‘१० बर्षपछि नेपालले आफुलाई फेरी अब्बल सावित गर्दैछ, ‘सभ्य, अनुशासित र मर्यादित दंगले उपस्थित भई खेल अवलोकनका लागी म सम्पुर्ण नगरबासीलाई हार्दिक अनुरोध गर्दछु” प्रमुख प्रशासकिय अधिकुतले भने, “निशुल्क रुपमा देखाइने खेलको मज्जा लिन म सम्पुर्ण आम नगरवासीमा हार्दिक अनुरोध गर्दछु” ।
तपाईको प्रतिक्रिया