00:00:00
स्थानिय

अत्यधिक गर्मीको कारण तिलोत्तमाका सवै विद्यालय बन्द रहने

बिहीबार जेठ १७, २०८१/ Thursday 05-30-24

१७ जेष्ठ २०८१, 
अत्यधिक गर्मीको कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । 
रुपन्देहीमा तापमान बिहीबार ४२ डिग्री सेल्सियस भन्दा माथि पुगेपछि तिलोत्तमा नगरपालिकाले सुचना नै जारी गरेर  नगरका सवै विद्यालय बन्द गर्न आग्रह गरेको छ । 
उच्च तापमानका कारण अन्य विद्यालयहरुमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएका समाचार आउन थालेपछि  नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएको हो । 

गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि वार्षिक  बिदाबाट मिलान हुने गरी बिदा दिइएको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांडद्धारा हस्ताक्षर गरिएको सुचनामार्फत जानकारी गराईएको छ ।  
 

तपाईको प्रतिक्रिया