00:00:00
स्थानिय

प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा, लुम्बिनी दिवस समारोह अहिले बिहान ९ बजेपछि शुरु हुदै

बिहीबार जेठ १०, २०८१/ Thursday 05-23-24

प्रकाश पाण्डे । बैशाख १० गते । लुम्बिनी विकास कोषले अहिले बिहान ९ बजेपछि बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८१ समारोहको आयोजना गर्दैछ । प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा परपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा लगायतका उच्च पदस्थ ब्यक्तिहरु अहिले लुम्बिनी मै हुनुहुन्छ ।

२५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजै साँझ बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको लुम्बिनी विकाश कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले जानकारी दिनुभयो । आज बिहान रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भका लागी कुराकानी गर्दै भट्टराईले मायादेवी मन्दिरमा प्रधानमन्त्रीले पुजाआजा गर्नुभएको जानकारी दिनुभयो ।

यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले बिहान ९ बजे लगत्तै शुरु हुने लुम्बिनी दिवस समारोहको उदघाटन तथा सम्बोधन गर्ने कार्यक्रम तय भएको भट्टराईले जानकारी दिनुभयो । वहाँका अनुसार लुम्बिनीको सुरक्षा ब्यवस्था अहिले अत्यन्त कडा पारिएको छ भने लुम्बिनी दिवस समारोह २०८१ म सहभागी हुन आउने आम सर्वसाधरणलाई विना  झन्झट प्रवेश दिइने छ । यसअघि प्रधानमन्त्री प्रचण्डसहित मन्त्री र मुख्यमन्त्रीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गर्नुभएको थियो ।

हिजै साँझ बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बुद्धजयन्तीको पूर्वसंध्यामा लुम्बिनीमा आयोजित साँस्कृतिक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा सरिक हुनुभएको थियो । भारतीय दुतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गौतमबुद्धको शिक्षामा सदभाव र शान्तिको सन्देश रहेको बताउनुभएको लुम्बिनी विकाश कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले रेडियो लुम्बिनीसँगको कुराकानीका क्रममा जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया