00:00:00
स्थानिय

बुटवलमा सञ्चारकर्मी महिलाहरूका लागि क्षमता अभिबृद्धि कार्यक्रम

बुधबार जेठ ९, २०८१/ Wednesday 05-22-24

तिलोत्तमा ९ जेठ ,बिन्दु भट्टराई ।

लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले महिला पत्रकारले समाज परिवर्तनका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । मन्त्री अधिकारीले महिला पत्रकार भएकै कारण खेप्नु परेका विभेद र सुत्केरी भएकै कारण कार्यस्थल छाड्नुपरेका घटनाले आफुलाई बेचैन बनाएको भन्दै समस्यालाई नदोहो¥याउन पहल गर्ने बताउनुभयो । लुम्बिनी प्रदेशको आयोजनामा सञ्चारकर्मी महिलाहरुका लागि क्षमता अभिबृद्धि कार्यक्रमको उद्धघाटनमा प्रमुख अतिथि अधिकारीले पत्रकारका हकहितका लागि सकरात्मक रहने प्रतिबद्धता जनाउनुभयो । उहांँले जुन पार्टिबाट आफू मन्त्री बनेपनि पत्रकार र पत्रकारिता समाज परिवर्तनका लागि हुनाले सहकार्यमार्फत अगाडि बढ्नेसमेत बताउनुभयो  ।

महिलाबालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका निमित्त प्रदेश सचिव शारदा वस्याल बेल्बासेले अवसर सवैलाई आवश्यक पर्ने तर पछाडि परेका समुदायलाई प्राथमिकता दिनुपर्ने भएकोले सकरात्मक विभेद पनि गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । उहाँले समाचारका शैली परिवर्तन गर्दै आजका समस्या र समाजको अध्ययन गरेर निष्पक्ष समाचार संप्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले सरकारी कर्मचारी, राजनीतिकर्मी र पत्रकारसवैको साझा कर्म समाजसेवा भएकोले आफ्नो धर्मलाई कसैले पनि विर्सिन नहुनेमा जोड दिनुभयो ।

कमला ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा महिलाहरूको सञ्चारमाध्यममा भूमिका ,समग्र सञ्चारकर्मीको यथार्थ उठान गर्न सकिने विषयका बारेमा  सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले सहजीकरण गर्नुभएको थियो । रूपन्देहीका करिब २५ जना महिला पत्रकारहरूको सहभागिता रहेको कार्यक्रम बिहीबारसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया