00:00:00
स्थानिय

नेपाली लुगा घरले ल्यायो जीवन परिवर्तन योजना

मापसे नगर्ने प्रतिबद्धता गरे २० प्रतिशत छुटको ब्यवस्था
बिहीबार जेठ ३, २०८१/ Thursday 05-16-24

प्रकाश पाण्डे । जेठ ३ गते  ।  बुटवलको मिलनचोकस्थित डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघरले यही जेठ ५ गतेदेखि जीवन परिवर्तन योजना लागु गर्ने जनाएकोे छ । ्अन्तराष्ट्रिय स्तरका नेपाली ब्राण्डेड कपडाहरु विक्री गर्दै आएको नेपाली लुगा घर यही जेठ ५ गतेदेखि लागु हुने गरि आगामी जेठ ३० गतेसम्मका लागी जीवन परिवर्तन योजना ल्याइएको जनाएको छ । योजना अनुरुप मापसे नगर्ने प्रतिबद्धता गरे कपडा खरिदमा २० प्रतिशत छुट दिने ब्यवस्था गरिएको संन्चालक प्रकाश भुषालले जानकारी दिए ।

बुटवलस्थित डेल्टा मार्टमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुषालले अहिेलेको आर्थिक मन्दीका बीच मानिसहरु तनावमा रहदा मापसे गर्ने गरेको भन्दै अब त्यसो नगरि आफुलाई स्मार्ट बनाउने विषयमा पनि सोच परिवर्तनका अभियान ल्याइएको बताए । साँझ परेपछि तनाव हटाउने बहानामा मानिसले मापसे गर्न जसरी पनि पैसा जुटाँउछ तर आफुलाई स्मार्ट र योगं बनाउने कुरा भुल्दै गएको उनले बताए ।

उनले भने–‘यो अभियानले मापसे कै कारण हुने पारिवारिक बेमेल, सामाजिक अपहेलना, सवारी दुर्घटना लगायत विभिन्न खाले खराब गतिबिधी कम गर्न सहयोग पुर्याउने हामीले आशा गरेका छौ ।’ मादक पदार्थ सेवन नगर्ने प्रतिवद्घतासंगै लुगा खरिदमा २० प्रतिशत छुट हुने योजना ल्याएको भुसालले जानकारी दिए । एकातर्फ स्वदेशी उत्पादनलाई प्रवद्र्धन र अर्कोतर्फ मापसेबाट हुने दुर्घटनाको क्षति रोक्ने गरि सचेतना फैलाउने उद्धेश्यले अभियान थालेको उनले दाबी गरे ।

‘मापसेका कारण पारिवारिक बिछोड, झैझगडा, विवाद, स्वास्थ्य समस्या, आर्थिक समस्या जस्ता धेरै समस्या आउने गरेका छन्, तिनलाई कम गर्न हामीले ल्याएको योजनाले केही सहयोग पुर्याउने विश्वास छ ।’–उनले भने ।साथै वहाँले यो अभियान सबैले चलाउनुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै डेल्टा मार्टका संन्चालक चोला पाठकले नेपाली लुगाहरुलाई ब्राण्डिगं गर्ने उद्धेश्यले योजना ल्याइएको बताए ।

उनले अफर ऋन्र्तगत शुरुमा आउने ५०० जना कस्टमरलाई ३ हजार बराबरको सामान किने उपहारको ब्यवस्था गरिएको जनाए । साथै उनले नेपाली प्रोडक्टहरु पनि अन्य गुणस्तरीय भनिएका सरह नै छन भन्ने हेतुले नेपाली लुगा घर सन्चालन गरिएको जानकारी दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोलेको कार्यक्रमको सन्चालन बाबुराम बन्जाडेले गरेका थिए ।
 

तपाईको प्रतिक्रिया