तिलोत्तमाको पत्थरडाँँडामा क्रेनसँग कार ठोक्किदा १ जनाको मृत्यु
प्रकाश पाण्डे । बैशाख ३१ गते । रुपन्देहीको तिलोत्तमा १५ पत्थरडाँडामा राकिराखेको क्रेनमा कार ठोक्किदा १ जनाको मृत्यु भएको छ । भैरहवाबाट बुटवलतर्फ आउदै गरेको बा १५ च ६४०७ नम्बरको कार सोमबार दिउँसो रोकिराखेको ना १ क ४३६४ नम्बरको क्रेनसँग ठोक्किदा कार चालक बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्ने अन्दाजी ६७ बर्षिय दुर्गा बहादुर गुरुङ्कको निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गंभीर घाइते भएका गुरुङ्कको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तथा घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । गुरुङ सवार गाडीको ठक्करबाट रोकी राखेको ना १ क ४३६४ नम्बरको क्रेनसमेत अटो स्टार्ट भई गुड्न पुगेको प्रत्येक्षदर्शीले बताए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिलोत्तमामा सोमबार बिहान पनि लु ३ च ५९२९ नम्बरको कार दुर्घटनामा परेको थियो । उक्त दुर्घटना पनि तिब्र गतिका कारण भएको थियो । कार दुर्घटनामा २ जना सामान्य घाइते भएका थिए ।
तपाईको प्रतिक्रिया