तिलोत्तमा ५ मा बालबालिकाहरुका लागी २ दिने सकरात्मक सिकाई कार्यक्रम सम्पन्न
प्रकाश पाण्डे । बैशाष २९ गते । बालबालिकालाई शिक्षा, सिप, नैतिकता र अनुशासनसँगै ब्यवहारिक ज्ञानसँग जोडन सके समाज रुपान्तरणमा महत्वपुर्ण टेवा मिल्ने बताइएको छ । समाज रुपान्तरणसँगै बालबालिकाको स्तरबृद्धिका लागी समेत स्थानीय तहले अब फरक ढंगले सोच्नु पर्ने बेला आएको सहभागिहरुले औल्याएका छन । शुक्रबार र शनिबार गरि २ दिनसम्म आयोजित “वडास्तरीय समुह तथा बाल संजालका बालबालिकाहरुका लागी सकारात्मक सिकाई तथा जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम” को समापनमा बोल्ने सहभागीहरुले, बालबालिका सम्बन्धि विशेष कार्यक्रम ल्याउन आग्रह गरेका छन ।
वडा वालमैत्री समिति तिलोत्तमा ५ को आयोजना रहेको कार्यक्रममा बोल्ने बालबालिकाहरुले योजना तर्जुमा र बजेट विनियोजन गर्दा समेत वडाले बालबालिकाको बृहत्तर हित र मनोबैज्ञानिकता बुझेर मात्रै ल्याउन आग्रह गरेका छन । कार्यक्रममा सहभागी बालबालिकारुको जिज्ञासा मेटाउदै वडा न ५ का अध्यक्ष एवं बालमैत्री समिति संयोजक रमेश डुम्रेले बालबालिकाहरुले उठाएका जायज माग र मुद्दाहरु पुरा गरिने बताउनुभयो ।
साथै वहाँले बालबालिकासँग बडा कार्यालय सदैव सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो । वहाँले वडा मातहत आयोजना गरिने जुन कुनै कार्यक्रमलाई असल अध्यासका रुपमा लिदै बालबालिकाको नेतृत्व तथा ब्यक्तित्व विकाशमा विशेष ध्यान दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । २ दिनसम्म आयोजित कार्यक्रममा ज्ञानगंगा पाठशालाका प्राचार्य चन्द्र अधिकारी, शान्ति नमुना माविका शिक्षक एवं मोटिभेसनल स्पीकर दिनेश खड्का तथा योगगुरु अर्जुन ज्ञवालीले सहभागी बालबालिकाहरुलाई नेतृत्व तथा ब्यक्तित्व विकाश, सकारात्मक सिकाई तथा नैतिक शिक्षाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा वडा न ५ का वडा बालअधिकार समिति सदस्य चुरामणि पाण्डे, बालबालिकाको तर्फबाट वडा वाल संजाल अध्यक्ष निश्चल भट्टराई, वडा सदस्य तथा वालमैत्री सम्पर्क ब्यक्ति प्रमिला सुनार, स्वर्गद्धारी टोलविकाश समितिका अध्यक्ष सुरजमणि पाठक लगायतले मन्तब्य दिनुभएको थियो । तिलोत्तमा वडा न ५ का करीत्र ५० भन्दा बढी बालबालिकाहरुको सहभागिता रहेको कार्यक्रमको सन्चालन वडासचिव हरि खतिवडाले तथा कार्यक्रमको सहजिकरण सहजकर्ता राधा खनालले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया