आउने बैशाख १५ मा नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन हुने
रुपन्देही, ७ वैशाख ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन आउने १५ गते हुने भएको छ । पत्रकार महासंघ रुपन्देहीको बिहीबार बुटवलमा बसेको कार्यसमिति बैठकले महासंघको केन्द्रीय सर्कुलर अनुसार वैशाख १५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी तथा कोषाध्यक्ष कलेन्द्र सेजुवालको विशेष उपस्थितिमा बैठक बसेको हो ।
बैठकमा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एवं सल्लाहकारहरु डा। बालकृष्ण चापागाई, हरि लम्साल, शेरबहादुर केसी, सल्लाहकार माधव ढुंगाना, इन्दिरा अर्यालको उपस्थिति रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघ रुपन्देही सक्रिय र रचनात्मक काम गर्ने जिल्लाका रुपमा रहेको बताउँदै अधिवेशनलाई रचनात्मक बनाउन सुझाव दिए ।
बैठकले अधिवेशनका अवसरमा पत्रकारिता पुरस्कार वितरण गर्ने, महासंघका पूर्वअध्यक्ष प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अधिवेशन तयारीका लागि विभिन्न उपसमिति समेत बनाएको सचिव विनोद परियारले जानकारी दिए ।
तपाईको प्रतिक्रिया