क्रिमसन अस्पतालमा छुट सहितको स्वास्थ्य परीक्षण गर्ने अवसर
तिलोत्तमा । चैत्र २४ गते । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालले छुट सहित स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गर्दैछ । आइतबार परेको विश्व स्वास्थ्य दिवसको अवसर पारी चैत २५ गतेदेखि २७ गतेसम्म छुट सहितको ३ दिने स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले आगामी मंगलबार अर्थात लगातार ३ दिनसम्म जारी रहने स्वास्थ्य परीक्षणमा २५% छुट सहित सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “मेरो स्वास्थ्य मेरो अधिकार” भन्ने नारालाई आत्मसाथ गर्दै “सामुदायिक स्वास्थ्य हाम्रो दायित्व” अन्तर्गत छुट सहित क्रिमसन अस्पतालको आयोजनामा स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गर्न लागिएको बस्यालको भनाई छ ।
विस २०६८ सालमा स्थापना भएको अस्पतालले समुदाय केन्द्रित सर्वसुलभ विशिष्टीकृत सेवाहरु प्रदान गर्दै आइरहेको छ । जसअन्तर्गत ओपीडी सेवाका अलावा क्रिमसनले वीर अस्पतालमा कार्यरत न्युरो सर्जन डा. नगेन्द्र बास्कोटाको उपस्थितिमा २४ सै घण्टा न्युरो सर्जरी सेवा उपलब्ध गराइएको छ ।
यर्सगरि अस्पतालले यसक्षेत्रका स्थानीयहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै हालसालै मात्र भारतको अखिल भारतीय स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी पल्मोनरी मेडिसिनको रुपमा विशेषज्ञता हासिल गर्नुभएका छाती तथा फोक्सो रोग सम्बन्धी विशेषज्ञ डा. प्रशान्त कुँवरलाई छाती तथा फोक्सो सम्बन्धी सम्पूर्ण स्वास्थ्य समस्याहरुको निदान गर्नेगरि नियुक्त गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया