00:00:00
खेलकुद

तिलोत्तमामा रुपन्देही जिल्लास्तरीय मेट्रान ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सोमबार चैत १९, २०८०/ Monday 04-01-24

तिलोत्तमा । चैत्र १९ गते । मधवलिया ब्याडमिन्टन कल्ब तिलोत्तमा १६ बिहुलीले रुपन्देही जिल्लास्तरीय भेट्रान ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । ४५ बर्ष भन्दा माथी र ६० बर्ष भन्दा माथिको उमेर समुहमा भएको युगल पुरुष ब्याडमिन्टन प्रतियोगितामा ३५ टिमको सहभागीता रहको थियो ।

जसमा ४५ बर्ष भन्दा माथी भएको प्रतियोगितामा बुटवल ब्याडमिन्टन कल्बका बिरेन्द्र बिस्ट र धर्म थापाको जोडि प्रथम, मधवलिया ब्याडमिन्टन कल्बका होम गुरुङ (लाहुरे) र चेत बलालको जोडि दोस्रो, फिट एण्ड फाइनका सुरज गुरुङ र वसन्त थापा तथा तामनगर ब्याडमिन्टन कल्बका प्रकाश बन र सुबास कर्मचार्य तेस्रो भएका छज ।

त्यसै गरि ६० बर्षभन्दा माथिको उमेर समुहमा बुटवल ब्याडमिन्टन कल्बका पिताम्बर ज्ञवाली र इन्द्रलालको जोडि प्रथम, बुटवल ब्याडमिन्टन कल्बकै लिला अर्याल र रिसि भन्डारी दोस्रो, मधवलिया ब्याडमिन्टन कल्बका क्या.तुलबहादुर राना र सुबेदार तारा बहादुर पुन तथा भैरहवा ब्याडमिन्टन कल्बका महेन्द्र कुमार   र गणेश छेत्रीको जोडी तेस्रो भएका छन ।

प्रतियोगितामा साना तथा घरेलु उद्योग महासङ्ह का केन्द्रिय सदस्य वसन्त रोक्काले प्रमुख अतिथिको आसनबाट सुभकामना मन्तब्य दिदै स्थानीय स्तरमा आयोजना गरिने खेलकुदकहा कार्यक्रमले मानिसहरुमा स्वास्थसँगै सामाजिक दायित्व निर्वाहमा असल भुमिका खेल्ने बताउनु भयो । प्रतियोगितामा कल्बका अध्यक्ष केसब चौधरीको अध्यक्षता, खेल संयोजक क्या. तुलबहादुर रानाको स्वागत र सुन्दर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया