तिलोत्तमा ८ मा भान्सा सुधार तथा नैतिक शिक्षा सम्बन्धि तालिम
प्रकाश पाण्डे । चैत्र १८ गते । तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा गठित मिलन टोल बिकास सस्थाले शनिबार भान्सा सुधार तथा नैतिक शिक्षा सम्बन्धि प्रशिक्षणमुलक तालिमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष हरिप्रसाद बस्यालको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै समाजसेवी एवं बौद्धिक ब्यक्तित्व डा बाबुराम ज्ञवालीले तालिम समय सान्दर्भिक रहेको तथा सिकेका कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
संस्थाका नि वर्तमान अध्यक्ष तुल्सीराम खरेलको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा अतिथी तथा प्रशिक्षक प्रकाश ज्ञवालीले सहभागीहरुलाई तालिम तथा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा वडा सदस्य खुम बहादुर खासु, दलित महिला सदस्यसाबित्रा परियार, सस्थाका सल्लाहकार सदस्य कृष्ण तिवारी, शान्ता बस्याल, ज्योति जागृति आमा समुहका अध्यक्ष सिता तिवारी, नेको इनसोरेनसका तर्फबाट शान्ता ज्ञवाली, जेष्ठ नागरिक हरिप्रसाद ज्ञवाली लगायतको सहभागिता रहेको थियो । सस्थाका उपाध्यक्ष रमाकान्त भुसालको स्वागत, सस्थाका सचिव परशुराम काफलेको संन्चालन रहेको तालीममा २५५ जनाको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया