00:00:00
स्थानिय

चन्द्रकोट समाजको अध्यक्षमा पुन क्याप्टेन दलबहादुर थापा निर्वाचित

आइतबार चैत ११, २०८०/ Sunday 03-24-24

प्रकाश पाण्डे । तिलोत्तमा चैत्र ११ गते । चन्द्रकोट समाजको ११ औं बार्षिक साधारण सभा एवं चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । बुटवल जितगढीस्थित चन्द्रकोट समाजद्धारा निर्माण गरिएको खडक देवताको मन्दिर परिसरमा सम्पन्न अधिवेशनले क्याप्टेन दलबहादुर थापा अध्यक्ष रहनुभएको ११ सदस्सिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित समितिकोे उपाध्यक्षमा सुवेदार मेजर पृथ बहादुर थापा, वरिष्ठ उपाध्यक्षमा क्याप्टेन बाबुलाल थापा, सचिवमा गंगा बहादुर केसी, सहसचिवमा खुम बहादुर कुवँर, कोषध्यक्षमा सुवेदार धन बहादुर कार्की र सदस्यमा बीना थापा, दीपा थापा, राजकुमार फौदार लगायत निर्वाचित हुनुभएको छ । यसैगरी अधिवेशनले गिरिराज शर्मा संयोजक रहनुभएको ३ सदस्सिय लेखा समिति समेत चयन छ ।

लेखा समितिको सदस्यद्धयमा क्याप्टेन हरि बहादुर खत्री र केशव सुवेदी निर्वाचित हुनुभएको छ । यसअघि शनिबार नै सम्पन्न ११ औं साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व सामाजिक विकाशमन्त्री सुर्दशन बरालले संस्थाले सामाजिक क्षेत्रमा उदाहरणिय कार्य गरेको भन्दै प्रशंशा गर्नुभएको थियो । संस्थागत विकाशसँसँगै सामाजिक कार्यहरुमा समेत आफुलाई अब्बल बनाउन लागिपरेको भन्दै वहाँले चन्द्रकोट समाजलाई धन्यबाद दिनुभयो ।

कार्यक्रममा अध्यक्षका्े बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै क्याप्टेन दलबहादुर थापाले सवैको साथ सहयोग र सहकार्यबाट संस्था अगाडी बढेको भन्द्यै आफुलाई पुन अध्यक्षमा विजयी बनाएकोमा सबैलाई धन्यबाद दिदै आगामी दिनमा अझ योजनाबद्ध ढंगबाट अगाडी बढने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।  विभिन्न ब्यक्ति विशेषलाई सम्मान तथा पुरस्कृत गरिएको कार्यक्रममा कोषध्यक्ष सुवेदार धन बहादुर कार्कीले कोषध्यक्षको प्रतिबेदन पेश गर्नुभएको थियो भने कार्यक्रमको संचालन क्याप्टेन हरि बहादुर खत्रीले गर्नुभएको थियो ।

चन्द्रकोट समाजले बुटवलस्थित जितेश्वरी सामुदायिक वनले उपलब्ध गराएको जग्गामा मिनि पार्क बनाई खडक देवताको मन्दिर निर्माण, फोन्टेन, बालबालिका लागी खेल्नका लागी चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय लगायतका संरचना निर्माण भैसकेका छन भने अन्य संरचनाहरु समेत निर्माणका क्रममा रहेका छन ।
 

तपाईको प्रतिक्रिया