एपेक्स स्कुल शंकरनगरमा दिगो पर्यटन क्लब”द्धारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
तिलोत्तमा, ८ चैत्र, विहीबार ।
तिलोत्तमा स्थित एपेक्स स्कुल शंकरनगरमा “एपेक्स नेशनल सस्टेनेबल टुरिजम क्लब” अर्थात् “दिगो पर्यटन क्लब”ले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । पर्यटन विकास सम्बन्धमा आयोजना गरिएको प्रतियोगितामा हाजिरी जवाफका प्रश्नसँगै पर्यटन विषयमा आधारित कक्षागत विषयका प्रश्नहरू सोधिएका थिए । क्लबले आयोजना गरेको सो प्रतियोगिता सँगै अन्य क्रियाकलाप समेत गरेको थियो ।
कक्षा ४ देखि ७ सम्मका विद्यार्थीका ३ जनाको एक समूह बनाई जम्मा ३० वटा समूहका ९० जना विद्यार्थीबीच छनौट चरणको कार्यक्रम भएको थियो । छनौट चरणबाट आएका अन्तिम चरणमा १० वटा समूहबीच अन्तिम प्रतिस्पर्धा सञ्चालन भएको क्लबका अध्यक्ष निकेश ज्ञवालीले बताउनु भयो ।
विद्यालयका अतिरिक्त संयोजक लक्ष्मण गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमबीच देश तथा समाजको दिगो विकाशका लागि पर्यावरणीय महत्व एवम् पर्यटकीय योगदानको बारेमा थप प्रकाश पारिएको थियो । प्रतियोगिताका अन्तिम चरणका १० वटै समूहका ३० जना प्रतियोगिलाई कलबका संरक्षक एवम् विद्यालयका प्रधानाध्यापक दिपक गौतमले पुरस्कृत गरेको सहायक प्रधानाध्यापक प्रभात के.सी.ले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया