00:00:00
राष्ट्रिय

त्रिसुलीमा बस दुर्घटना ,  मृतकको सङ्ख्या ७ पुग्यो  

बुधबार फाल्गुण २३, २०८०/ Wednesday 03-06-24

 

तिलोत्तमा,२३ फागुन

कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको छ । बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ ।  ३० जनाभन्दा बढी घाइते भएका छन्  

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया