00:00:00
स्थानिय

श्री नर्मदेश्वर शिव पन्चायन मन्दिर तिलोत्तमा ६ मा सुरु भएको शिव महापुरण ज्ञान महायज्ञ जारी

सोमबार फाल्गुण २१, २०८०/ Monday 03-04-24

फागुन -६ ,तिलोत्तमा ।

श्री नर्मदेश्वर शिव पन्चायन मन्दिर तिलोत्तमा ६ मा सुरु भएको शिव महापुरण ज्ञान महायज्ञ को तेस्रो दिन करिव ५ सय बढि भक्तालु हरुले कथा श्रवण गरेका छन भने करिव ५ लाख रकम समेत दान संकलन भएको मन्दिर समिति का सदस्य बाबुराम बेल्बासेले जानकारी दिनु भयो । साथै मन्दिर का लागि जग्गा सहित रकम समेत प्रदान गर्ने मन्दिर का संरक्षक खगिश्वरा चापागाइ लाइ सम्मान गरिएको मन्दिर ब्यबस्थापन समिति ले जनाएको छ ।शिवरात्री का दिन सम्म सन्चालन हुने महायज्ञ को फागुन १९ गते उद्घघाटन गरिएको थियो । महायज्ञ मा प्रखर कथा वाचक नेत्र प्रसाद पराजुलि को भक्ति संगितमय कथा प्रवचन र राष्ट्रीय भजन गाएक सुरज भन्डारि को प्रस्तुति समेत रहेको छ । शिवशक्त्ति आमा समुह तिलोत्तमा -६ को सह आयोजना र मन्दिर को आयोजना मा भैरहेको महायज्ञ को दर्शन गरि पुण्य आर्जन गर्न स्थानिय तथा शिव भक्त हरु लाइ आयोजक ले आग्रह समेत गरेका छन ।

तपाईको प्रतिक्रिया