00:00:00
शिक्षा

गौतमबुद्ध मावि केवलानीका भूपू विद्यार्थीहरुको पुनर्मिलन, शैक्षिक विकासमा जोड

विद्यार्थी मन्च गठन गरि गोलबद्ध हुन आग्रह
आइतबार फाल्गुण २०, २०८०/ Sunday 03-03-24

प्रकाश पाण्डे ।  फागुन २० गते ।  रुपन्देहीको तिलोत्तमा ९ मा अवस्थित श्री गौतम बुद्ध मावि केवलानीका ब्याच न २०५३/०५४ का भूपू विद्यार्थी तथा शिक्षकहरुबीच औपचारिक रुपमा पुनर्मिलन ( भेला) शनिबार सम्पन्न भएको छ । पुर्व बिद्यार्थी विजया ज्ञवालीको अध्यक्षता र बिद्यालयका तत्कालीन प्रधानाध्यापक रविन्द्र सिंह रानाको प्रमुख आतिथ्य रहेको भेलामा विद्यालयका पूर्व शिक्षक पशुपति माविका वर्तमान प्रधानाध्यापक वेद नारायण भट्टराई, गौतम बुद्ध माविका प्रधानाध्यापक मृगेन्द्र रिजाल, शिक्षक डिल्लीराम गैरे, पुर्व बिद्यार्थी प्रकाश पाण्डे, श्रीधर प्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भेलाले विद्यालयको स्तरोन्नती र भौतिक निर्माण तथा शैक्षिक सुधारका लागि पुर्व विद्यार्थी मञ्च गठन गरी सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी दिनमा बिद्यालयको समग्र बिकासका लागि गौतम बुद्ध मावीलाई गौतम बुद्ध क्याम्पसको रुपमा बिकाश गर्ने गरि भेलाले सुझाव संकलन गरिएको कार्यक्रममा उल्लेख्य संख्यामा भूपु विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो । वि.सं.२०२६ सालमा स्थापित विद्यालयले माध्यमिक तहको पठनपाठन सञ्चालन गर्दै आएको छ भने बि.स.२०४० सालमा पहिलो पटक एस एल सी संगै २०६४ सालदेखि प्लस  टु सञ्चालन गर्दै आएको छ ।

भेलाले बिद्यालयलाई सहयोग गर्ने तथा विद्यालयको समग्र शैक्षिक बिकासका लागि योगदान दिने करिव १७ जना शिक्षकहरुलाई भूपू विद्यार्थीको तर्फबाट दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो। भूपू बिद्यार्थी माया गैरेको सञ्चालन रहेको कार्यक्रममा अध्यक्ष पुर्व विद्यार्थी विजया ज्ञवालीले बिद्यालयको अवस्था चित्रण गर्नुभएको थियो भने पुर्व विद्यार्थी प्रकाश पाण्डेले अबको शिक्षा प्राबिधिक शिक्षामा केन्द्रित हुनुपर्ने बताउदै विद्यालयको भौतिक, सामाजिक र शैक्षिक बिकासमा सबैको योगदान अपरिहार्य रहेको बताउनुभयो ।

गौतमबुद्ध मावि को समन्वयमा सम्पन्न कार्यक्रममा विद्यालयका तत्कालीन प्रधानाध्यापक रबिन्द्र सिंह राना तथा प्रधानाध्यापक मृगेन्द्र रिजालले गौबुमावि केवालानीलाई  गौतम बुद्ध क्याम्पस बनाउन सबैको सहयोग र सहकार्यको खाँचो रहेको बताउदै भूपू विद्यार्थी मन्च गठन गरि गोलबद्ध हुन आग्रह गर्नुभयो । गुरु तथा गुरु आमा पुनर्मिलन, सम्मान तथा भेटघाट कार्यक्रममा सहभागी भूपू विद्यार्थीहरुले तत्काल विद्यालयमा आकर्षक चौपारी बनाउने गरि कामको थालनी गर्न सहयोग रकम संकलन गरि काम समेत शुरु गरिएको पुर्व विद्यार्थी एवं सम्मान कार्यक्रमका संयोजक बिनोद डुम्रेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया