00:00:00
खेलकुद

ज्ञानगंगा पाठशालामा अभिभावक म्याराथन सम्पन्न

बुधबार फाल्गुण २, २०८०/ Wednesday 02-14-24

पार्वती न्यौपाने । फागुन २ गते । रुपन्देहीको तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालाले बुधबार अभिभावक म्याराथन प्रतियोगिता सन्चालन गरेको छ । बिद्यालय शिक्षक र विद्यार्थीको मात्र नभै अभिभावकको पनि सस्था भएकोले अभिभावक मुखि कार्यक्रम गरेको बिद्यालयले जनाएको हो ।

 म्याराथनमा पुरुष तर्फ सुदिप केसि प्रथम, ठाकुर राना द्धिप्तिय, बसन्त चन्द तृतिय र सुनिल पाण्डेले प्रोत्साहन स्थान हासिल गर्दा महिला तर्फ सोनि खत्री प्रथम, तारा खडका द्धिप्तिय, तारा केसि तृतिय र प्रतिमा खडकाले सान्तवना स्थान हासिल गर्नुभयो ।

विद्यालयले आयोजना गरेको बृहत् शैक्षिक महोत्सव अन्तर्गत खेल सप्ताहको सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाण्डेले उदघाटन गर्नु भएको थियो । माघ २८ देखि सुरु भएको खेल सप्ताहमा विधार्थि र शिक्षक अभिभावक लगायतको सहभगिता रहेको अतिरिक्त क्रियाकलाप संयोजक राजेश रोकाले बताउनुभयो ।

विद्यालयले सम्पुर्ण विद्यार्थीहरुको पुर्ण सहभगिता रहने गरि फाल्गुन ७ गते सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि बृहत् शैक्षिक महोत्सव मनाउन लागिएको प्राचार्य चन्द्र अधिकारीले जानकारी गराउनु भयो ।

बुधबार सरस्वती पुजा संगै अक्षरारम्भ अभिभवक म्यारथन दौड प्रतियोगिता, ३ गते किड्स फेसिटबल,४ गते कल्चरल फेस्टिबल ५ गते जिल्ला स्तरीय अन्तर मावि अन्डर १६ ब्याडमिन्टन प्रतियोगिता र ७ गते खाना महोत्सव,विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी सहित विद्यालयको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् शैक्षिक महोत्सव समापन समारोह मनाइने कार्यक्रम रहेको समेत विद्यालयले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया