00:00:00
राष्ट्रिय

धरौटीमा रिहापछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पहिलोपटक पार्टीको बैठकमा

शुक्रबार पौष १३, २०८०/ Friday 12-29-23


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब ६ महिना थुनामा बसेर धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पहिलोपटक पार्टीको बैठकमा सहभागी भएका छन्। 

बिहीबारबाट सुरु भएको कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उहां शुक्रबार जानुभएको हो ।  

 शरणार्थी प्रकरणमा मुछिएपछि गत वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए।

यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा खाँण केन्द्रीय कारागार सुन्धारमा थिए। उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने या नगर्नेबारे बहससमेत भएको थियो।

कांग्रेस संस्थापन पक्षले अडानले उनको निलम्बन रोकिएको थियो।

त्यस्तै, बैठकमा कांग्रेसका संस्थापनइतर समूहका नेता तथा केन्द्रीय सदस्य शेखर कोइराला भने बैठकमा उपश्थित हुनुहन्न । उहां पूर्वी नेपाल पाँचथर लगायतका जिल्लामा हुने पार्टीका विभिन्न प्रशिक्षण तथा कार्यक्रमहरूमा व्‍यस्त हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया