सरस्वती मन्दिर तिलोत्तमा ५ मा यही फागुन १ गतेदेखि महायज्ञ हुने
प्रकाश पाण्डे । पौष ६ गते । श्री सरस्वती पन्चायतन मन्दिर बैदिकाश्रम तिलोत्तमा ५ मणिग्राममा यही फागुन १ गतेदेखि ८ गतेसम्म ५७ औं श्रीमद भागवत धनधान्यान्चल तथा श्री गणेश पुराण ज्ञान महायज्ञ हुने भएको छ ।
बिहिबार मन्दिर प्रागंणमा बसेको बैठकले महायज्ञ सन्चालन गर्न रामचन्द्र पाण्डेको संयोजकत्वमा मुल समिति साथै धर्मादेवि न्यौपाने र डोलराज पाण्डे सहसंयोजक रहने गरिे २० वटा उपसमितिहरु गठन गरिएको हो । समिति सचिवमा वामदेव खनाल, सहसचीव सावित्रा ज्ञवाली र कोषाध्यक्षमा धर्मराज पाठकलाई जिम्मेवारी तोकिएको छ ।
सस्थाका अध्यक्ष टोप नारायण भन्डारीको अध्यक्षता र पण्डित तिलप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले विश्वशान्तको कामना साथै ज्ञान महायज्ञको निरन्तता, धर्म सस्कृतिको संरक्षण, प्रर्वद्धन तथा विकास गर्ने उदेश्यले श्रीमद भागवत ज्ञान महायज्ञ आयोजना गरिएको तथा महायज्ञबाट उठेको दान रकमबाट बैदिकाश्रमको छात्रबासमा रहेका ३० जना विद्यार्थीहरुको भोजन, कापी किताबको ब्यवस्थापन र छात्रबासका लागी नयाँ भबन बनाउने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया