00:00:00
शिक्षा

आरसीई क्लब अफ मेडिकोफ्युजनद्धारा जनज्योति मा वि डिङ्गरनगरमा छात्रवृत्ति बितरण

शनिबार मङ्सिर ३०, २०८०/ Saturday 12-16-23

तिलोत्तमा । मंसिर ३० गते । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले तिलोत्तमा ४ स्थित जनज्योति मा वि डिङ्गरनगरमा अध्यनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप १ लाख रकम प्रदान गरेको छ । प्राप्त रकम बिद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार १० जना बिद्यार्थीहरुलाई जनही १० हजारका दरले बालबालिकाको आवश्यकता अनुसार शैक्षिक सिकाई लगायतका विभिन्न सिर्जनात्मक क्रियाकलापमा खर्च गरिने विद्यालयका प्राचार्य बाबुराम आचार्यले जानकारी दिनुभयो ।

सामाजिक सेवामा निरन्तर सक्रिय रहदै आएको क्लबले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगोस वन्ने हेतुले छात्रवृत्ति रकम प्रदान गरिएको कार्यक्रमका प्रमुख अतिथि एवं बर्ष २०२३/२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले बताउनुभयो ।

छात्रवृत्तिका लागी जोडी डाक्टर सदस्यहरु रजत कायस्थ र अंशु मल्लिकको जोडीले नगद रु २० हजार, डा शेखर पोख्ररेल र अप्सरा नेपालको जोडीले १० हजार, डा सन्तोष पोख्ररेल र डा बिनिता भट्टराईको जोडीले १० हजार यसैगरि डा प्रकाश बस्नेत र कविता केसी, डा मनिष कुमार विक र पुनम खाती, डा विनेश शाक्य र एलिना शाक्य, डा सुमन पौडेल र डा आकृति बाँनिया, डा अभिषेकमान बज्राचार्य र डा मन्जु गुभाजु तथा डा प्रदीपजंग केसी र डा निता श्रेष्ठको जोडीबाट प्राप्त १०÷१० हजार नगद गरि कुल १ लाख रुपैयाँ बिद्यालयलाई एकमुष्ट प्रदान गरिएको थियो ।

कार्यक्रममा “नो मोर मोबाइल” क्याम्पेन अन्र्तगत विद्यार्थीहरुलाई सचेतनामुलक प्रशिक्षण दिनुका साथै विद्यालयलाई जानकारीमुलक फ्लेक्स प्रदान गरिएको थियो । जनज्योति माबिका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष दिवाकर ढकालको अध्यक्षता एवं आरसीई क्लब अफ मेडिकोफ्युजन बुटवलका अध्यक्ष अप्सरा नेपालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा चार्टर प्रसिडेन्ट डा सन्तोष पोख्ररेल, आइपीपी डा प्रकाश बस्नेत,्सेक्रेटरी विनेश शाक्य, विद्यालयका प्राचार्य बाबुराम आचार्य, लगायतको सहभागिता रहेको थियो ।
 

तपाईको प्रतिक्रिया