00:00:00
स्थानिय

राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेशस्तरिय दोस्रो अधिबेशन बुटवलमा शुरु हुदै

बुधबार मङ्सिर २७, २०८०/ Wednesday 12-13-23

तिलोत्तमा । मंसीर २७ गते । राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेशस्तरिय दोस्रो अधिबेशन आजबाट बुटवलमा शुरु हुदैछ ।  आज र भोलि गरि २ दिनसम्म चल्ने अधिबेशनको पहिलो दिन आज खुल्ला सत्रको कार्यक्रम हनेछ । जसअनुसार बुटवलको ट्राफिक चोकमा बिशेष उद्घघाटन कार्यक्रमको आयोजना गरिएको छ भने भोलि तिलोत्तमा ९ मंगलापुरस्थित कविराजपथमा रहेको पार्टी कार्यालयमा बिहान ८ बजेबाट बन्द सत्रको कार्यक्रम गरिने छ ।

यसैबीच आजै हुने बिशेष उद्घघाटन कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल पार्न लखनचोक लगायत विभिन्न क्षेत्रबाट निस्केको रर्याली बुटवल ट्राफिकचोकमा पुगी बिशेष सभामा परिणत हुनेछ । उद्घघाटन सत्रमा प्रमुख अतिथिको रुपमा डाँकिनुभएका राजपा केन्द्रिय अध्यक्ष तथा संघिय जनपरिसद अध्यक्ष केपी पालुङवा, बिशिष्ट अतिथि केशब सुर्यबंशी, पार्टीका महिला उपाध्यक्ष कमला थापा, लुम्बिनी प्रदेश संयोजक झमबहादुर गुरुङ, सचिब चित्र प्रसाद गुरुङ लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको पार्टी निकटस्थ स्रोतले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुबाट नेता, कार्यकर्ता एवं पार्टी प्रतिनिधि लगायत बुटवल आइपुग्नुभएको राजपाले जनाएको छ । २ दिनसम्म चल्ने अधिबेशनले पार्टीको लुम्बिनी प्रदेश स्तरिय नयाँ नेतृतव चयन गर्नुका साथै पार्टीको आन्तरिक, सांगठानिक एवं बैचारिक लगायतका विभिन्न मुद्दामा छलफल, बहश एवं नयाँ कार्यदिशा तय गर्दै पार्टी संगठनलाई मजबुत पार्न नयाँ खाका तय गर्ने पार्टीका लुम्बिनी प्रदेश संयोजक झमबहादुर गुरुंगले जानकारी दिनुभएको छ ।
 

तपाईको प्रतिक्रिया