00:00:00
खेलकुद

सम्पुर्ण कप फूटबलको अन्तिम सेमीफाइनलमा आज आयोजक र सञ्जिवनी भिडदै

शुक्रबार मङ्सिर २२, २०८०/ Friday 12-08-23

तिलोत्तमा । मंसीर २२ गते । दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमीफाइनलमा आज आयोजक समपुर्ण युवा क्लब र सञ्जिवनी युवा क्लब, बागधुरा भिडदै छन । यसअघि हिजो सम्पन्न पहिलो सेमीफाइनलमा झरना स्पोर्ट्स क्लब कुञ्जलापुर बिजयी हुदै फाइनलमा प्रवेश गरेको छ ।

ट्राइब्रेकरमा फर्साटिकर युवा क्लब, फर्साटिकरलाई हराउँदै झरना उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि तिलोत्तमा–१४ स्थित समपुर्ण खेल मैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयसम्म फर्साटिकरका लागि आशिष रानाले गोल गरे भने झरनाका लागि अनुप थापाले गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने झरनासँग फर्साटिकर ५–४ को गोल अन्तरले स्तब्ध बन्न पुग्यो । खेलमा झरनाका गोलरक्षक कुशल सुनार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार नगद र ट्रफी हात पारेका छन्  । झरनाले अब फाइनलमा आजको बिजेता टोलीसंग आगामी मंगसिर २४ गते अन्तिम तथा फाइनल खेल खेल्नेछ । 


समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा गत मंसीर ९ गतेबाट शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता रहेको छ । तिलोत्तमा–१४ निवासी स्व.डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर बहादुर गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन बहादुर गुरुङ्ग, चित्र बहादुर गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको छ ।

 प्रतियोगिताको विजेताले उपाधि सहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिनुभयो । यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, म्यान अफ दी म्याच, लगायतलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लब परिवारले जनाएको छ । 

तपाईको प्रतिक्रिया