00:00:00
खेलकुद

सम्पुर्ण कप फूटबलमा आज न्यू राईज युथ क्लव वभनी र सिम्रिक युवा क्लव कालिकानगर भिडदै

शुक्रबार मङ्सिर १५, २०८०/ Friday 12-01-23

तिलोत्तमा । मंसीर १५ गते । दोस्रो समपुर्ण कप खुला नआउट फुटबल प्रतियोगितामा आज न्यू राईज युथ क्लव वभनी र सिम्रिक युवा क्लव कालिकानगर भिडदै छन । गत मंसीर ९ गतेबाट शुरु भएको प्रतियोगिताको हिजो सम्पन्न खेलमा बिजयी हुदै देवदह ब्वाइज क्लव दोस्रो चरणमा प्रवेश गरेको छ ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा गत शनिबारबाट शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता रहेको छ । तिलोत्तमा–१४ निवासी स्व.डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर बहादुर गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन बहादुर गुरुङ्ग, चित्र बहादुर गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधि सहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिनुभयो ।

यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, म्यान अफ दी म्याच, लगायतलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लब परिवारले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुनेछ ।  

तपाईको प्रतिक्रिया