00:00:00
खेलकुद

लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडियाकप आजबाट देवदहमा शुरु हुदै

शुक्रबार मङ्सिर १५, २०८०/ Friday 12-01-23

तिलोत्तमा । मंसीर १५ गते । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप आजबाट देवदहमा शुरु हुदैछ । देवदह प्रेस क्लबको आयोजनामा  आज मङ्सिर १५ देखि १७ गतेसम्म देवदहमा प्रथम देवदह मिडिया कप फूटबल प्रतियोगिता हुन लागेको हो ।

क्लबका अध्यक्ष विष्णु पोखरेलले स्वास्थ र स्वस्थ पत्रकारिताको लागि खेलकुद भन्ने मुल नाराका साथ आजबाट प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।  कुल १२ टोलि सहभागी प्रतियोगिता नकाउट पधादिमा खेलाइनेछ । देवदह ५ खैरेनीस्थित पानबारी खेल मैदानमा आज दिउसो १ बजेबाट हुने प्रतियोगितामा विजेता हुने टिमलाई ५१ हजार एक सय ११ रुपैयाँ नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

जुन लुम्बिनी प्रदेशमै हालसम्मको सबैभन्दा ठूलो पुरस्कार राशी रहेको आयोजकको दाबी छ । त्यसैगरी प्रतियोगितामा उपविजेता हुने टिमले नगद ३१ हजार एक सय एघार रुपैयाँ रुपैयाँ नगदसँगै ट्रफि मेडल प्रदान गरिने प्रतियोगिताको उध्गातन बिहान ११ बजे  शुरु हुनेछ । 

तपाईको प्रतिक्रिया