भारतबाट ल्याइएको अवैध मासु प्रयोग नगर्न तिलोत्तमा नगरको आग्रह
विक्री वितरण गर्नेलाई पक्राउ गरि कार्वाही गर्न आदेश
तिलोत्तमा । मंसीर ६ गते । तिलोत्तमा नगरपालिकाले भारतबाट अवैध रुपमा कुखुराको मासु भित्र्याएर नगरपालिका क्षेत्रभित्र विक्रि वितरण गर्ने जो कोहलाई कार्वाही गरिने जनाएको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले एक विज्ञप्ति जारी गर्दै नगर क्षेत्रभित्र छिमेकी मुलुक भारतबाट अवैध रुपमा कुखुराको मासु भित्र्याउने र बिक्रि वितरण गर्ने गरिएको भनि उजुरी आएकाले यस्ता कार्य नगर्न नगराउन आग्रह गरिएको छ ।
बिज्ञप्तिमा विभिन्न चोर बाटो अपनाउदै एंव भित्रि बाटो हुदै अभैध ढंगबाट नगरपालिका क्षेत्रभित्र विक्रिवितरण समेत भैरहेको भन्ने खबर प्राप्त भएकाले यस्ता कार्यप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।
साथै नगरप्रमुख खाणले यस्तो मासुको प्रयोग गर्दा स्वास्थ्यमा समेत नकरात्मक प्रभाव पर्न सक्ने भएकाले प्रयोग नगर्नु नगराउनु हुन आग्रह गर्नुभएको छ ।
साथै त्यस्तो मासुको ओसारपसार गर्ने जोकोहीलाई पक्राउ गरि सम्वन्धित वडा कार्यालय, नगरपालिका कार्यालय तथा सम्वन्धित निकायमा बुझाउन समेत सम्पूर्ण नगरवासीहरुमा आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया