00:00:00
स्वास्थ्य

हाम्रो जागृती सगरमाथा सहकारीका शेयर सदस्यले क्रिमसन अस्पतालमा छुट पाउने

बिहीबार कार्तिक १६, २०८०/ Thursday 11-02-23

तिलोत्तमा । रुपन्देहीको  तिलोत्तमा ५ ,मणिग्राममा अवस्थित  क्रिमसन अस्पताल तथा तिलोत्तमा २ मा रहेको हाम्रो जागृती सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच स्वास्थ्य सम्झौता भएकोे छ ।

क्रिमसन अस्पतालमा बिहिबार आयोजित बिशेष कार्यक्रमका बीच अस्पताल प्रशासन र  हाम्रो जागृती सगरमाथा सहकारी संस्था लिमिटेड बिच  स–सर्त सर्वसुलभ स्वास्थ्य सेवाबारे लिखित सम्झौता सम्पन्न भएको अस्पतालका जनस्वास्थ्य अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिनुभयो ।

सम्झौतासंगै अब  हाम्रो जागृती सगरमाथा बचत तथा ऋण सहकारीमा आबद्ध शेयर सदस्यले अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । उपचारमा छुटका लागि सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ भने स्वास्थ्य सम्झौता भएका संस्थामा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरिए बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गर्न सकिने अस्पतालका निर्देशक डा शेखर पोख्रेलले जानकारी दिनुभयो ।

' सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, निर्देशक डा शेखर पोख्रेल, हाम्रो जागृती सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फ़बाट अध्यक्ष लोकनाथ पाण्डे, तथा साक्षीको रुपमा होम प्रसाद शर्मा  लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया