00:00:00
स्थानिय

अनुशासन ,आत्मरक्षा र स्वास्थ्यका लागि करांते

आइतबार कार्तिक १२, २०८०/ Sunday 10-29-23

तिलोत्तमा, बिन्दु भट्टराई ।

अनुशासन आत्मरक्षा र स्वास्थ्यका लागि करांते खेल भएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।  जापान गोज रियो डो मिसन संघ नेपालको आयोजनामा शनीबारदेखि सुरु भएको ३ दिवसिय सेमिनार तथा बन्द प्रशिक्षणमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । 

कोटीहवा स्थित मगरसंगको भवनमा सुरुभएको प्रशिक्षणको उद्घाटनका क्रममा बोल्दै तिलोत्तमा, नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले  उहांले स्वास्थ्य, अनुशासन र आत्मरक्षासंग मात्र नभएर खेललााइ विस्तारै आर्थिक उत्पादनसंग जोड्न आवश्यक रहेको बताउनुभयो ।  उहांले विभिन्न खालका हिंसाका घटना बढेको  सन्दर्भमा अन्य खेल भन्दा करातेले आत्मरक्षामा विशेष भुमिका रहने भएकोले नगरपालिकाबाट वजेट नै विनियोजन गरी कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । 

जापान गोजु रियो कराते डो मिसनका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक सेन्साई केबि राना काजीको अध्यक्षतामा भएको कार्यक्रममा चौधरीले तिलोत्तमा नागरपालिकामा सफल खेलाडी र सफल प्रशिक्षक उत्पादन भएको भन्दै नगरपालिकालाई चिनाउन खेल छुटै पहिचान बन्न सक्नेमा विश्वास ब्यक्त गर्नुभयो । 

कार्यक्रममा विशिष्ट अतिथि संघका प्रमुख सल्लाहकार भरत बहादुर केसीले करातेले चन्द्र सुर्य झण्डा अन्तराष्टिय जगतमा फैलाएको दावी गर्दै नेपालको खेल जगतलाई गोजु रियो करातेले फराकिलो बनाउन सकेको दावी गर्नुभयो । उहांले संसारको ध्यान नेपाली करातेले तान्न सकेको उल्लेख गर्नुभयो ।  

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सतिस कुमार चौधरीले प्रविधीको विकाससंगै परिवर्तन भएका टेक्निकहरुसंग जुध्न पनि यस्ता किसीमका प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । उहांले प्रमुख प्रशिक्षक सेन्साई काजी राना प्रति इङित गर्दै सैनिक पावरमा घमण्ड गर्ने भारतका सैनिकहरुलाई प्रशिक्षण दिने प्रशिक्षक तिलोत्तमा नगरपालिकाले पाउनु गर्वको विषय भएको भन्दै यसलाई सही किसीमले लिन नगरपालिकाप्रति ध्यानाकर्षण गराउनुभयो ।


संघका संस्थापक केन्द्रिय सदस्य खेमेन्द्र रानाले आत्मरक्षाका लागि कराते खेल बिशेष बन्न सक्नेमा जोड दिनुभयो । उहांले 

वडा नम्बर ७ का वडा अध्यक्ष देबि पंगेनीले  तिलोत्तमा नगरपालिकाबाट मात्रै दैनिक ६८ जना युवा विदेश रोजगारको शिलशिलामा गएको भन्दै यस्ता खेलसंगै अन्य विकासका काममा वजेट विनियोजन गरेर युवा रोक्नुपर्ने खांचो औंल्याउनुभयो । 

त्यस्तै कार्यक्रममा १५ का वडा अध्यक्ष खेमराज गुरुङ मुन्ना  ,अर्जुन क्षेत्री ,उपभोक्ता मन्च नेपालका केन्द्रिय  उपाध्यक्ष उमाशंकर खड्का ,उद्योगी वसन्त रोका क्षेत्रीे लगायतले आजका बालबालिकामा अनुशासन,धैर्यताको कमि भएका कारण पनि खेल अत्यावश्यक रहेकोमा जोड दिनुभएको छ ।  महासचीब गिरि प्रसाद पुनको स्वागतमा भएको उद्धघाटन सत्रको संचालन जिल्ला अध्यक्ष उमेश थापा लाटो मगरले गर्नुभएको थियो । प्रशिक्षणमा डेढ सय भन्दा बढी प्रशिक्षार्थी सहभागि छन् । उक्त प्रशिक्षण सोमबारसम्म चल्नेछ । 

तपाईको प्रतिक्रिया