00:00:00
स्थानिय

दशैं लगत्तै सिद्धबाबा सुरुङ निर्माणको काम पुन शुरु

आइतबार कार्तिक १२, २०८०/ Sunday 10-29-23

तिलोत्तमा ।  सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा जोड्ने सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ निर्माणको काम दशैं सकिएपछि पुनः सुरु भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्गमा दसैँका बेला काम रोकिएको  थियो ।

  निर्माण क्रममा असारको पहिलो साता दुई वटा टनेल पहिरोले पुरिएपछि भौतिक निर्माणको काम स्थगित गरिएको थियो । सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माण र हेडबक्सनिरको माथिल्लो टनेल निर्माणको कामलाई तीव्रता दिएको बेलामा पहिरोले भत्काएको थियो ।

सुरुङमार्ग निर्माण परियोजनाको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार बर्खाको समयमा भौतिक रूपमा देखिनेभन्दा पूर्व तयारीका अन्य काम गरिरहेको ठेकेदार कम्पनीले दशैंपछि भने भौतिक काम निर्माणको काम सुरु गरेको हो ।

गत वर्ष ग्लोबल टेन्डरबाट चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यो सुरूङमार्ग निर्माणको जिम्मा पाएर ५ वर्षभित्र बनाउने सम्झौता गरेको छ । सुरुङ निर्माणका लागि चिनियाँ कम्पनीसँग २०२२ चैत ९ गते ७ अर्ब ३४ करोडको सम्झौता भएपछि पहिलो चरणको काम सुरु गर्न अहिलेसम्म ५८ करोड निकासा भइसकेको छ ।

तपाईको प्रतिक्रिया