00:00:00
स्थानिय

रुपन्देहीको कञ्चनमा ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ

शुक्रबार कार्तिक १०, २०८०/ Friday 10-27-23

तिलोत्तमा । रुपन्देहीको कञ्चन गाउँपालिकामा विहिबार ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–३ का ४२ वर्षीय बुद्धबहादुर पुन रहेका छन् ।

प्रहरी चौकी रुद्रपुरका अनुसार कञ्चन–३ की बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई बलात्कार गरि आरोपित पुन फरार भएका थिए । ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा टोलीले उनलाई खोजतलास गर्ने क्रममा कपिलवस्तु बाणगंगा नगरपालिका–१० स्थित कोठी नदिबाट नियन्त्रणमा लिएको थियो ।

बलात्कृत बालिकाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया