00:00:00
स्वास्थ्य

रुपन्देही विद्युतिय व्यवसायी संघका सदस्यलाई क्रिमसन अस्पतालमा छुट

बिहीबार कार्तिक २, २०८०/ Thursday 10-19-23

तिलोत्तमा ।

       रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित  क्रिमसन अस्पताल तथा रुपन्देही विद्युतिय व्यवसायी संघ बुटवल ८ बिच स्वास्थ्य सम्झौता भएकोे छ । स्वास्थ सेवामा आम समुदायको सर्वसुलभ पहुच बढाउने उद्धेश्यले स्वास्थ्य सम्झौता गरिएको अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो । यसैगरी विद्युतिय व्यवसायी संघ रुपन्देही अध्यक्ष लोकनाथ पोखरेलले संघमा आबद्ध सदस्यलाइ सहज स्वास्थ्य सेवा दिने उद्धेश्यसहित स्वास्थ्य सम्झौता गरिएको प्रतिक्रिया दिनुभयो ।

        होटल मेरीगोल्ड बुटवलमा आयोजित एक कार्यक्रमका बीच अस्पताल प्रशासन र रुपन्देही विद्युतिय व्यवसायी संघ बिच  स–सर्त सर्वसुलभ स्वास्थ्य सेवा दिने बारेको लिखित सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको अस्पतालका प्रमुख प्रसासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो ।

       सम्झौतासंगै अब रुपन्देही विद्युतिय व्यवसायी संघमा आबद्ध सदस्यले अस्पतालद्धारा प्रदान गरिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् । त्यसका लागि सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ भने संघमा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरिएको खण्डमा बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ ।

      सम्झौताका  अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, अस्पतालका निर्देशक डा शेखर पोख्रेल,  प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, रुपन्देही विद्युतिय व्यवसायी संघको  तपÞर्mबाट अध्यक्ष लोकनाथ पोखरेल, तथा प्रकाशचन्द्र पाण्डे लगायतको सहभागिता रहेको थियो ।

 
 

तपाईको प्रतिक्रिया