00:00:00
राष्ट्रिय

टाकुरा सहकारीको १२ औँ साधारण सभा सम्पन्न

आइतबार असोज २८, २०८०/ Sunday 10-15-23

तिलोत्तमा । असोज २८ गते । टाकुरा बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । तिलोत्तमाको ड्राइभरटोलस्थित होटल टुलिपमा भएको साधारणसभाले अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन, कोषध्यक्षको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन सर्बसम्मत पारित गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र कुँवरले बार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक शंकर गौतमले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष विरेन्द्र रानाले कोषाध्यक्षको प्रतिवेदन पेश गनुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक सम्मान अन्तर्गत ७५ बर्ष पुगेका शेयर सदस्यका आमाबुबालाई सम्मान गरिएको थियो ।

त्यस्तै सरकारी सेवामा नाम निकाल्न सफल सेयर सदस्य वा सदस्यका सन्तानलाई पनि सम्मान गरिएको गर्नुका साथै उत्कृष्ट सदस्यता बिस्तार सम्मान र उत्कृष्ट ऋणीलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष राजेन्द्र कुँवरको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका युवा , खेलकुद  तथा शिक्षा शाखा प्रमुख उपसचिव गङ्गाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव पशुपति चौधरीले गर्नुभएको थियो ।

संस्थाका निर्वतमान अध्यक्ष रमेश ज्ञवालीले स्वागत गर्नुभएको कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रशासकीय प्रमुख सागर गौतम, तिलोत्तमा नगरपालिका प्रशासन शाखा प्रमुख अधिकृत गणेश पौडेल, प्रमुख सल्लाहाकार रमेश ज्ञवाली, सल्लाहकार गोपाल प्रसाद आचार्य , गुल्मेली सम्पर्क समाज रूपन्देहीका अध्यक्ष डाक्टर नारायण पन्थ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया