सदस्य मुखीभन्दा पनि सञ्चालकमुखी हुनु सहकारीको मुख्य चुनौती
तिलोत्तमा,बिन्दु भट्टराई ।
बचत तथा ऋण सहकारी संस्थाका जिल्ला निवर्तमान अध्यक्ष तथा सस्थाका सल्लाहकार प्रकाश भट्टराईले सहकारी संदस्यमुखी भन्दा पनि संचालकमुखी हुनुनै सहकारीमा विकृत पक्ष भएको बताउनुभएको छ । उहांले मूल्य मान्यता र सिद्धान्त बुझेर पनि परिपालन नगरेका र दक्ष जनशक्ती अभाव भएका सहकारीहरु बढी समस्यामा परेको भन्दै यो नै सहकारीको मुख्य चुनौती भएको बताउनुभएको हो ।
बुधबारदेखि सुरु भएको सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारण सभामा भट्टराईले ८० प्रतिशत भन्दा बढी सहकारी स्थानीय निकायको नियमन निकायमा परेको तर स्थानीय तहको नियमन फितलो भएका कारण पनि सहकारीले भनेजसरी प्रगती हांसिल गर्न नसकेको उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष भरतराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा भुसालले बाहीरबाट आएर हचुवाका भरमा खोलेका सहकारीका कारण राम्रा सहकारीको बद्नाम भएको भन्दै सेयर सदस्य बन्नुभन्दा पहिले संचालक र सहकारीका विषयमा बुझ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहांले हाल सहकारीमा ७२ सय सेयर सदस्य रहेको र २०८३ सम्म शेयर सदस्य बढाएर १२ हजार पुर्याउने गरी अगाडि बढेको बताउनुभयो । भुसालले आगामी ३ वर्षमा ३ अर्व सेयर पुंजी बनाउने लक्ष राखेको समेत अध्यक्षको प्रतिबेदनमार्फत उल्लेख गर्नुभयो । उहांले देशभरबाट एकैपटक ११ वटा सहाकारीलाई जोड्न सकेको पहिलो सहकारी भएको दाबी गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव देवानन्द पाण्डेले नीति विधि र प्रबिधीबाट संस्थालाइ अगाडि बढाएको दावी गर्दै वार्षिक प्रगती र ८०,८१ मा गरिने प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
संस्थाका सल्लाहकार कृष्ण प्रसाद अर्याल, गायत्री पाण्डे , नेत्रप्रसाद पाठक लगायतले बोल्नुभएको कार्यक्रममा संचालक समितिको तर्फबाट संस्थाका कोषाध्यक्ष मिरा पाण्डेले कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पहिलो चरणको कार्यक्रम बुधबार मुख्य कार्यलय मणिग्राम,गोरकट्टा र बांसघारी सेवा केन्द्रका सेयर सदस्यलाई लक्षित गरि मणिग्राममा सम्पन्न गरेको हो । उपाध्यक्ष चुरामणी पाण्डेले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन संस्थाका सचिव देवानन्द पाण्डेले गर्नुभएको थियो ।
सस्थाले आफ्नो साधारण सभा फरक फरक स्थानमा विभिन्न चरणमा गरि ३ दिन सम्म गर्न लागेकोे ब्यवस्थापक हरिहर पौडेलले बताउनुभयो । दोस्रो चरणको कार्यक्रम भलवारी सेमरा वजार र भरवलिया सेवाकेन्द्रका सदस्यहरुलाई लक्षित गर्दै बिहीबार भलवारी सुनगाभा पार्टी प्यालेसमा गर्ने र शुक्रबार शिवचोक नन्दनवन र शिवपुर सेवाकेन्द्रका सदस्यलाई लक्षित गरी कार्यक्रम राखिएको सचिव देवानन्द पाण्डेले बताउनुभएको छ । कार्यक्रममा सडक दुर्घटनामा मृत्यु भएका सेयर सदस्यका परिवारलार्ई १ लाख ५० हजार समेत प्रदान गरिएको थियो ।
तपाईको प्रतिक्रिया